काठमाडौं— नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा कुश्मा कला परियोजनाको आयोजनामा आइतबार कुश्मा, पर्वतस्थित शताब्दी घरमा ‘कलाका रूपमा सम्पदा’ एक दिवसीय चित्रकला कार्यशाला सम्पन्न भएको छ ।कार्यशालामा बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जालगायतका जिल्लाका अग्रज, नवपुस्ताका कलाकार तथा विद्यार्थी कलाकार गरी २५० भन्दा बढीको सहभागिता रहेको थियो ।कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्रतिष्ठानका प्राज्ञ सभा सदस्य राधिका कँडेल, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भीम शर्मा, कुश्मा कला परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीलगायतको सहभागिता रह
काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिएको जनाएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले नेपाल न्यूज बैंकलाई जानकारी दिँदै जेनजी समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि अनुमति नदिएको बताए ।उनले भने, ‘उहाँहरुले सूचना र निवेदन दिनुभएको छ । सानोतिनो प्रदर्शन मात्र गर्ने हो भन्नु भएको छ । हामीले आन्दोलनको उचित तरिकाले व्यवस्थापन गर्नेछौं । आन्दोलनका लागि कुनै किसिमको अनुमति भने दिएका छैनौं ।’आइतबार आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिई सडकमा उत्रने उद्घोष गरेका थिए । जेनजी समूहको व
काठमाडौं— सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ३४ सय रूपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १३० रुपैयाँले बढेर ४ हजार २ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बाँके— बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदीको सिधनियाघाटमा दुई लेनको पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। लामो समयदेखि प्रयोग हुँदै आएको पुरानो पुल जीर्ण र साँघुरो भएपछि यात्रु तथा सवारी साधनलाई समस्या हुँदै आएपछि नयाँ पुल निर्माण सुरु गरिएको हो।करिब एक अर्ब १९ करोड रुपैयाँको लागतमा निर्माणाधीन यस पुलको लम्बाइ करिब ७०० मिटर रहेको छ। पुल निर्माणपछि बाँके जिल्लाका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्लासम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
काठमाडौं— रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई लक्षित गर्दै कुल ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको हो ।कम्पनीले निष्कासन गर्न लागेको कुल ११ लाख ५५ हजार ८६० कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सामूहिक लगानी कोषका लागि, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँड गरिसकेको छ ।बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले नेपाल ध
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजलगायतको संयुक्त बैठक बोलाएकी छन् । प्रधाानमन्त्री कार्कीले सोमबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएकी हुन् ।निर्वाचन तयारीबारे छललफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा नागरिक समाजका अगुवाहरूलाई पर्यवेक्षकका रूपमा बोलाइएको छ ।निर्वाचन तयारीका सम्बन्धमा ब्रिफिङ र छलफल बैठकको प्रमुख विषय रहेको छ ।
ताप्लेजुङ। यहाँको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला स्थित हिमाली बस्ती याङ्मामाका पशुपालक किसान बर्सेनि जङ्गली जनावर ब्वाँसोका कारण पीडितहुँदै आएका छन् ।उनीहरुलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको छ । यसवर्ष केही दिन अघि याङ्माकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन् । अन्य पशुपालकसमेतका गरी यसवर्ष हालसम्म नौ चौरी मरेका छन् ।फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार अघिल्लो वर्ष मात्र यस क्षेत्रमा ३० भन्दाबढी चौपाया ब्वाँसोको आक्रमणमा परेर मरेका थिए । बर्सेनि हुने य
काठमाडौं— सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ ।१५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्नेछ ।पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य सु
मुगु— हिमाली जिल्ला मुगुमा बाल अधिकार बारे सचेतना र बालविवाह न्यूनीकरणका लागि साझा अभियान सञ्चालन भईरहेको छ ।मुगुमा लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले साझा अभियान चलाउन लागेका हुन् । यसका लागि जिल्लामा कार्यरत सबै गैरसरकारी संस्था एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।बालविवाह न्यूनीकरण गर्न उनीहरूले सहकार्यका लागि बालविवाह न्यूनीकरण गर्न साझा अभियान गरेका हुन् । यो अभियानमा जिल्लामा रहेका सक्रिय १० वटा गैरसरकारी संस्थाहरु लागिरहेका छन् । कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएसपार्क मुगुको संयोजकत्वमा यो सञ्जाल गठन गरिएको छ ।जसमा ग्रामिण साम
घोडाघोडी। यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरु त्यहाँबाट पनि विस्थापित भए । “त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बीचमा बस्न थाल्यौँ”, नवलसिंहले विगत सम्झिँदै भन्नुभयो, “त्यहाँ धेरै परिवार थियौँ । वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि हामीलाई हटाएपछि हाम्रो कतै जाने ठाउँ थिएन । अनि यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौँ ।” सोही स्था
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.