समाज

    Showing 8,671-8,680 of 10,061 items.
  • आतंकवादजस्ता चुनौतीसँग लड्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपालले सामना गरिरहेका अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध र आतंकवाद जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोग अपरिहार्य रहेको बताएका छन्।शनिबार, इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञता, असल अभ्यास र सूचना आदानप्रदान आवश्यक रहेको बताए।समारोहमा गृहमन्त्रीले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘CID Magazine’ को विमोचन गरेका थिए भने प्रहरी नायव महानिरीक

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 396 पटक पढिएको
  • काठमाडौंमा ४ युवा युवती क्लब र हाउस पार्टीको प्रलोभनमा परेपछि...

    काठमाडौं–काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ स्थित घरमा क्लब र हाउस पार्टीको नाममा युवतीलाई शरीर बन्धक बनाएर यातना दिएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका व्यक्तिहरूमा ३३ वर्षीय आशिष देउला, २७ वर्षीय राजेन्द्र घले, २२ वर्षीय ओजस्वी तामाङ, र २२ वर्षीय साजन गुरूङ रहेका छन् । प्रहरीका अनुसार, ती व्यक्तिहरूले युवतीलाई विभिन्न प्रलोभनमा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा उनीहरूको घरमा लगेर नशालु पदार्थ सेवन गराएका थिए । यसका साथै, उनीहरूले अनैतिक कार्य गर्न र शारीरिक यातना दिनका लागि युवतीलाई शारीरिक तथा मानसिक यातना दिएको पाइएको छ । प्रहरीले प्राप्त सूचनाका आधारम

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 266 पटक पढिएको
  • आठ महिनामा ७ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिए

    काठमाडौं–सन् २०२४ का आठ महिनामा ७ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अगस्तसम्म ७२०‚३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । विशेषगरी अगस्त महिनामा विदेशी पर्यटकको आगमनमा ८.३ प्रतिशतको वृद्धि भएको छ । सो महिनामा मात्र ७२‚७१९ पर्यटक नेपाल आएका छन् ।सन् २०२३ को अगस्तको तुलनामा यो वर्ष सोही अवधिमा ५‚५६६ बढी पर्यटक नेपाल प्रवेश गरेका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले छिमेकी देश भारत र चीनमा लक्षित पर्यटन प्रवर्द्धन कार्यक्रमले यस वृद्धिमा भूमिका खेलेको बताउनुभयो। भारतबाट २५‚८३२‚ चीनबाट ६‚६१४‚ अमेरिकाबाट ५‚६१४‚ श्रीलङ्काबाट ४‚८५१ र बङ्ग

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 475 पटक पढिएको
  • अन्टार्क्टिका पुग्ने पहिलो नेपाली सम्मानित

    काठमाडौं–अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई बागलुङमा सम्मानित गरिएको छ । बागलुङ नगरपालिकाले उनलाई रु २५ हजार‚ प्रशंसापत्र‚ र दोसल्ला ओढाएर सम्मान गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा विश्वकर्मालाई सम्मानित गरेका हुन् ।  भारतीय सेनाको टोलीसँग प्राविधिकका रूपमा यात्रा गरेका विश्वकर्मा १९८६ मा अन्टार्क्टिका पुगेका थिए । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले विश्वकर्माको योगदानको कदर गर्दै सम्मान गरेकाे जानकारी दिएका छन् । विश्वकर्मा हाल बुटवल उपमहानगरपालिकामा बस्दै छन्‚ जहाँ ॅभुवनसिंह मार्ग’ सडकको

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 338 पटक पढिएको
  • उखुबारीबाट १३ फिट लामो ब्रुमाइज पाइथन उद्धार

    काठमाडौं–कञ्चनपुरको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरको उखुबारीबाट १३ फिट लामो ब्रुमाइज पाइथन (अजिङ्गर) को उद्धार गरिएको छ । स्थानीयले यस अजिङ्गरलाई सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडेका हुन् । सामुदायिक वनका अध्यक्ष पविराम थारूका अनुसार‚ उद्धार गरिएको पाइथनको तौल ३५ किलो रहेको छ । बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीले अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने जानकारी दिएका छन् । वन क्षेत्रमा तालतलैया र सीमसार क्षेत्रको संरक्षण गर्दा अजिङ्गर लगायतका सरिसृपहरूको सङ्ख्या बढिरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 472 पटक पढिएको
  • बालेनले प्रधानमन्त्रीलाई भने : अरूको इशारामा नचल्ने बनाउन कार्यकर्तालाई ज्ञान दिनुहोस्

    काठमाडौं–काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाव दिएका छन्।सोमबार सामाजिक सञ्जाल पोष्टमार्फत शाहले एमालेकी प्रदेश सांसद रेखा कुमारी शर्मामाथि लागेको बाल दुर्व्यवहारको मुद्दामा सर्वोच्च अदालतको फैसलाको दुरुपयोग भएको भन्दै आपत्ति जनाएका छन् । उनले एमालेका नेता कार्यकर्ताहरूले यस मुद्दामा भ्रम फैलाउने काम गरेको आरोप लगाए ।बालेनले लेखेका छन्, ‘अहिले बजारमा सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम भएको छ जबकि सर्वोच्चको मुद्दा रेखा कुमारी र महानगर बिचको मुद्दा होइन ।’

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 607 पटक पढिएको
  • कर्णाली राजमार्ग अवरुद्ध : करोडौँको स्याउ अलपत्र हुँदा व्यापारी चिन्तित

    काठमाडौं–निरन्तरको वर्षाका कारण कालीकोट र दैलेखमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध छ । सडक बन्द भएपछि हुम्ला र मुगुबाट सुर्खेततर्फ स्याउ बोकेर गएका सयौँ गाडी अलपत्र परेका छन् ।स्याउ व्यापारी रामबहादुर खत्री केही आम्दानी हुने आशा बोकेर स्याउ झारियो‚ चार दिनदेखि बाटोमा थन्किएको भन्दै दु:खेसो गर्छन् । उनले दैनिक गाडी चालक र सहचालकलाई खान बस्न व्यहोर्दै खर्च भइरहेको सुनाए । स्याउ ढुवानी भाडा बढी तिर्नुपर्ने अवस्था आएको स्याउ व्यापारीको गुनासो छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले पहिरो हटाउन जुम्ला सडक डिभिजन कार्यालयसँग समन्वय गरी काम भइरहेको जानकारी गराए । दैलेखका प्रमुख जिल

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • 364 पटक पढिएको
  • सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा ३ जनाको मृत्यु

    नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी-त्रिवेणी गाउँपालिका ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी-त्रिवेणी गाउँपालिका वडा नं ७ स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो ।सेप्टिक ट्याङ्कीभित्र तीन जना

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 287 पटक पढिएको
  • मुना पाण्डे हत्या प्रकरण‚ आरोपित बबी सिंह शाह पक्राउ

    काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या भएको घटनामा नयाँ अपडेट आएको छ । हत्याको आरोपमा प्रहरीले ५१ वर्षीय बबी सिंह शाहलाई पक्राउ गरेको हो । पाण्डेको शव सोमबार साँझ उनको अपार्टमेन्टमा पाइएको थियो । उनको शरीरमा धेरै गोली लागेको थियो । प्रहरीले अनुसन्धानका क्रममा पाण्डेको अपार्टमेन्टबाट निस्कने एक व्यक्ति देखिएको सिसिटिभी फुटेजबाट शाहलाई पहिचान गरेको थियो । शाहलाई बुधबार साँझ ह्युस्टनको उत्तरपश्चिममा ट्राफिक जाँचका क्रममा पक्राउ गरिएको हो । ह्युस्टन प्रहरी विभागको स्व्याट टोली‚ अपराध न्यूनीकरण शाखा र टेक्सास सार्वजनिक सुरक

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 843 पटक पढिएको
  • अनावश्यक तडकभडकसहित तीज कार्यक्रम नगर्न काठमाडौं प्रशासनको निर्देशन

    काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीजको नाममा अनावश्यक तडकभडक हुने गरी कार्यक्रम नगर्न निर्देशन दिएको छ । तडकभडक र खर्चिलो हुने गरि तीजका कार्यक्रमहरू आयोजना गरेको पाइए कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । जिल्ला प्रशासनकार्यालय काठमाडौले आज एक सूचना जारी गर्दै सो निर्देशन जारी गरेको हो । विगतको तुलनामा हालका वर्षहरूमा तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यकमहरू बढ्दै गएको देखिएको प्रशासनले जनाएको छ ।सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन ग

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 378 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.