समाज

    Showing 8,681-8,690 of 11,082 items.
  • अख्तियारले बोलायो घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई

    काठमाडौं— घुसकाण्डमा जोडिएर राजीनामा दिएका  निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएको छ । ७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले राजीनामा दिएका थिए । अख्तियारले गुप्तालाई ‘भ्वाइस टेस्ट’ का लागि मंगलबार हाजिर हुन भनेको हो ।घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार हाजिर हुन भनेको हो । अख्तियारका एक सदस्यले गुप्ता मंगलबार हाजिर भएर भ्वाइस टेस

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 527 पटक पढिएको
  • ग्रिस पठाउने भन्दै २४ लाख ठगी गर्ने सुदीप सापकोटा पक्राउ

    काठमाडौं — वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिने भन्दै २४ लाख रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति धादिङको नेत्रावती गाउँपालिका–५ स्थायी ठेगाना भइ हाल भक्तपुरको मध्यपुर ठिमीमा बसोबास गर्दै आएका २९ वर्षीय सुदीप सापकोटा हुन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन ३ गते उनलाई काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरेको हो। पीडितको उजुरीका आधारमा सापकोटाले आकर्षक तलबको प्रलोभन देखाएर ग्रिस पठाउने बहानामा ठगी गरेको खुलेको छ। उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 389 पटक पढिएको
  • धादिङ र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

    काठमाडौं— १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने १९ वर्षीय अमृत जंग मल्ल समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।त्यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको टीकापुर नगरपालिका४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी का

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 587 पटक पढिएको
  • गौशालामा राजस्व संकलनको विषयमा दोहोरो झडप, १५ जना घाइते, साढे ७ लाख लुटिएको आरोप

    धनुषा — महोत्तरीको गौशाला बजारमा गोरु तथा खसी बजारको राजस्व संकलनको विषयमा दुई पक्षबीच दोहोरो झडप हुँदा झन्डै १५ जना घाइते भएका छन्। झडप निगौल गाई गौशाला र गौशाला नगरपालिका बीच ठेक्का तथा राजस्व संकलनको अधिकारलाई लिएर भएको हो।इलाका प्रहरी कार्यालय गौशालाका अनुसार निगौल गाई गौशालातर्फबाट राजस्व संकलन गरिरहेका विपिन साहको टोली र गौशाला नगरपालिका–२ का वडाध्यक्ष श्याम मण्डलको टोलीबीच झडप भएको हो। भिडन्तमा वडाध्यक्ष मण्डलसहित सचिन महतो, सुरेन्द्र महतो र जसपा नेपाल पार्टीका नगर संयोजक कुमारकान्त झा घाइते भएका छन्। मण्डलको कानमा गहिरो चोट लागेको बताइएको छ।त्यस्तै विपिन साह र सुनिल साहको टाउकोमा गम्भी

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 660 पटक पढिएको
  • राष्ट्रिय परिचयपत्र सेवा आंशिक रूपमा अवरुद्ध

    काठमाडौं— राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हाल राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध रहेको जनाएको छ। विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा प्रणालीको क्षमता विस्तारका कारण सेवा अस्थायी रूपमा प्रभावित भएको हो।विभागका सूचना अधिकारी शिवराज सेढाईंले प्रणाली मर्मत कार्य सम्पन्न नभएसम्म विभागका तोकिएका सेवाहरू आंशिक रूपमा अवरुद्ध रहने जानकारी दिएका छन्।'प्रणालीको मर्मत कार्य पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिक रूपमा अवरुद्ध रहनेछन्,' सेढाईंले बताए।सेवाग्राहीहरूलाई असुविधा भए पनि मर्मतपश्चात सेवा नियमित रूपमा पुनः सुचारु गर

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 592 पटक पढिएको
  • चितवन कारागारबाट छुट्ने भन्दा थपिने कैदीबन्दीको संख्या बढ्दो

    चितवन— कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो । गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८०८ जना कैदीबन्दी नयाँ थपिएका कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिए । यस्तै, सोही समयमा ६७२ जना छुटेको उनले जानकारी दिए । उनका अनुसार थपिएका कैदीबन्दीमध्ये १५० जना नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) का हुन् भने अन्य चितवनका छन् । गत वर्षमा यस कारागारबाट स्थानान्तरण भएर विभिन्न कारागार गएका कैदीहरूको सङ्ख्या १४५ जना छ । यस्तै, उपचारक

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 555 पटक पढिएको
  • एमालेको केन्द्रीय समिति बैठकमा सञ्चारकर्मीलाई सडकमै रोक्यो

    काठमाडौं — नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आजदेखि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। पार्टी विधानका विषयमा केन्द्रित बैठकमा सञ्चारकर्मीहरूको पहुँचमा कडाइ गरिएको छ।सुरक्षाका कारण देखाउँदै पार्टीले फोटो पत्रकारसहित सञ्चारकर्मीहरूलाई बैठकस्थल परिसरमा प्रवेश गर्नमा रोक लगाएको छ । अघिल्ला बैठकहरूमा पत्रकारहरूलाई कम्तीमा बैठक हल बाहिर फोटो तथा भिडियो लिन दिइने गरिएको थियो। तर, यसपटक उनीहरूलाई कार्यालय गेटबाहिरै, सडकमै रोकिएको हो ।केन्द्रीय सदस्यहरूलाई मात्र बैठकस्थलमा प्रवेश दिइएको छ। सञ्चारकर्मीहरूले भने प्रेस स्वतन्त्रतामाथि यस्तो अवरोध अस्वाभाविक भएको टिप्पणी गरेका छन्।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 582 पटक पढिएको
  • अध्यागमन सुधारको अभियान: विमानस्थलमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन सुधारको पहलस्वरूप गृह मन्त्रालयले ४५ जना नयाँ शाखा अधिकृत खटाएको छ। लोकसेवा आयोगबाट पास भएका यी अधिकृतहरूलाई तीन दिने तालिमपछि आजदेखि अध्यागमन कार्यालयमा खटाइएको हो।सहसचिव नरहरि घिमिरे विमानस्थलस्थित अध्यागमन कार्यालयका नयाँ प्रमुखका रूपमा नियुक्त भएका छन्। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा कार्यरत थिए।अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले प्रमुखसहित सबै ४५ अधिकृत सोमबारदेखि कार्यरत भइसकेको जानकारी दिए।गृह मन्त्रालयले अध्यागमनमा खटाइएका अधिकृतहरूको दरबन्दी मिलाउन मन्त्रालयबाट सोही संख्यामा अधिकृत ताने

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 532 पटक पढिएको
  • खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण

    काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई प्रभावकारी बनाउन आइतबार राति अनुगमन गरेका छन् । गत राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन् । मन्त्री यादवले गत राति खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्धारा बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शम्शेर सडकका क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रण

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 355 पटक पढिएको
  • अविरल वर्षाले पोखराका विभिन्न स्थान डुबानमा

    पोखरा – गत शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका भित्रका खोलाहरुमा पानीको बहाब बढेसँगै विभिन्न स्थानहरु डुबानमा परेका छन् । पोखरा महानगरपालिका–१३ स्थित काहुँखोला बजार, शुभकामना टोल र ढल्के पुल आसपासका क्षेत्रमा लेदो र पानीसहितको बाढी पसेको हो । काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ । ढल्के पुलकी ५१ वर्षीया दीपा लामाको दुई कोठाको कच्ची घर खोलाले कटान गर्दा पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।पोखरा–१८, पोखरा–२० तथा अन्नपूर्ण गाउँ

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 451 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.