समाज

    Showing 8,961-8,970 of 11,082 items.
  • नेपालगञ्जमा हस्ताक्षर गरेका सई खड्का काठमाडौं तानिए

    काठमाडौं — नेपालगञ्जमा ड्युटीकै क्रममा रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सई कमल खड्कालाई प्रहरी प्रधान कार्यालयले काठमाडौं तानेको छ।बाँके दरबन्दी रहेका सई खड्काले ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ अभियानमा सहभागी भएर वर्दीमै हस्ताक्षर गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि अनुशासनको सवाल उठाइएको हो।प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, प्रहरी आचारसंहिताविपरीत कार्य गरेकाले खड्कालाई आवश्यक छानबिनका लागि बोलाइएको हो। प्रहरी ऐन २०१२ अनुसार, कुनै पनि प्रहरी कर्मचारीलाई राजनीतिक गतिविधिमा सहभागी हुन अनुमति छैन।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 641 पटक पढिएको
  • नेपाल सुनचाँदी व्यवसायी सडक आन्दोलनमा

    काठमाडौं— नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन् ।सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न, सुनको भन्सार ६ प्रतिशत कायम गर्न, सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगायतका नारा लेखिएका ब्यानरसहित आन्दोलनकारीहरूले प्रदर्शन उत्रिएका छन् ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार ग्रे–लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शिता गर्न कायम गर्न विलासिता कर लगाइएको बताएका थिए ।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 667 पटक पढिएको
  • हुम्लाका विभिन्न ठाउँमा टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयलाई समस्या

    सिमकोट — हुम्लाको खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा सञ्चार समस्यामा परेका छन्।खार्पुनाथ गाउँपालिका–१ का पिउस, बोच्चेगौंडा, सुनखाडा र वडा नं। ३ का राया, कारङ्गालगायत क्षेत्रमा दुई हप्तादेखि टेलिफोन सेवा दिनमा बन्द हुने र केवल रातमा सीमित रूपमा चल्ने समस्या देखिएको छ।सर्केगाड गाउँपालिकाको स्याल्तडी, रीप, उनापानी तथा पालिका केन्द्रमा पनि नेटवर्क समस्या देखिएको छ। स्थानीयले टावर देखिए पनि फोन नलाग्ने गुनासो गरेका छन्।यस्तै, चङ्खेली गाउँपालिका केन्द्र पिप्लाङमा करिब एक महिनादेखि टेलिफोन सेवा बन्द छ। सञ्चारका लागि डाँडाकाँडा चढ्नुप

    • प्रकाशित मितिः असार २०, २०८२
    • 594 पटक पढिएको
  • पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ आज हुदै

    काठमाडौं— पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।पूर्वमन्त्री न्यौपानेलाई यसअघि विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला गर्दै अख्तियारले न्यौपानेलाई ९ वर्ष कैद, दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ जरिबाना, सोही रकम बराबरको बिगो असुल हुने फैसला गरेको थियो महिला, बालबालिका तथा समाज कल्याणमन्त्री रहँदा न्यौपानेले भृकुटीमण्डपस्थित फन पार्क सञ्चाल

    • प्रकाशित मितिः असार २०, २०८२
    • 662 पटक पढिएको
  • सहायक रथी खड्का र मेजर कार्की सेवाबाट बर्खास्त

    काठमाडौं— सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सेवाबाट बर्खास्त गरेको छ। उनीहरूलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी कारबाही गरिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जनाएका छन्।अदालतले सवा २ करोड रुपैयाँभन्दा बढी अपचलन भएको ठहर गर्दै २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा असुल गर्ने आदेश पनि दिएको छ।यो प्रकरणमा अवकाशप्राप्त जमदार आत्मराम थापा र सेनानी लक्ष्मण अधिकारीलाई पनि दोषी ठहर गरिएको छ। थापा थुनामा छन् भने अधिकारी अमेरिका भागेका छन्।उनीहरूले सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गतको आवास तथा बीमा शाखाबाट

    • प्रकाशित मितिः असार २०, २०८२
    • 488 पटक पढिएको
  • प्रहरी जवानमाथि कुटपिट गर्ने चार युवक पक्राउ

    तनहुँ— जिल्लाको पर्यटकीयस्थल मानुङकोटमा खटिएका एक प्रहरी जवानमाथि कुटपिट भएको छ । कुटपिट घटनामा संलग्न चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। व्यास नगरपालिका–५ स्थित अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी जवान सुनिल कार्कीमाथि शनिबार राति झडपका क्रममा कुटपिट भएको हो।राति करिब २ बजे मानुङकोट क्षेत्रमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि कुटपिट भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले जानकारी दिए । प्रहरीलाई कुटपिटमा संलग्न भएको आरोपमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेका छन्।चारै जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा द

    • प्रकाशित मितिः असार २०, २०८२
    • 556 पटक पढिएको
  • बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

    धरान— धरान उपमहानगरपालिका १६ नौलो बस्तीमा एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चौतर्फी दबाबसँगै पीडित पक्षले जाहेरी दर्ता गरेपछि इलाका प्रहरी कार्यालय धरानले आरोपितलाई बिहीबार साँझ पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले पक्राउ परेका आरोपितलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी दिएका छन् । बाल सञ्जाल धरानले बिहीबार नै इलाका प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाउँदै आरोपितलाई तत्काल पक्राउ गर्न माग गरेको थियो । पीडित बालिका र उनकी आमा स्वयं इलाका प्रहरी कार्यालयमा पुगेपछि औपचारिक उजुर

    • प्रकाशित मितिः असार २०, २०८२
    • 521 पटक पढिएको
  • ५० किलो लागू औषध गाँजा बरामद, दुई जना पक्राउ

    धरान— सुनसरीको धरानस्थित कोशी राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले झन्डै ५० किलो लागू औषध गाँजा बरामद गरेको छ। विहिबार साँझ धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्दा गाँजा फेला परेको हो।अस्थायी प्रहरी चौकी अमर हाटबाट खटिएको टोलीले बा.प्र.०१–००६ ख ६२६८ नम्बरको बसको डिक्कीमा राखिएका दुईवटा सुटकेस चेकजाँच गर्दा लुकाएर राखिएको ४९.७२५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। लागू औषध बोकेको आशङ्कामा बसमा सवार यात्रुहरूलाई सोधपुछ गर्दा ती सुटकेस भोजपुर जिल्ला पौवादुम्मा गाउँपालिका–६ का ३६ वर्षीय जीवनराज राई र सोही ठाउँका ३१ वर्षीय आरएन राईको भएको खुलेको हो।गाँजासहित दुवै

    • प्रकाशित मितिः असार २०, २०८२
    • 562 पटक पढिएको
  • तस्कर समूहसँग भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते, स्थिति नियन्त्रण गर्न १३ राउन्ड अश्रुग्याँस र ४ राउन्ड हवाई फायर

    धनुषा— धनुषाको विदेह नगरपालिका–२ गोबराही क्षेत्रमा तस्कर समूहसँग भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउन्ड अश्रुग्याँस र ४ राउन्ड हवाई फायर गरेको छ।सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, गोबराही क्षेत्रमा अवैध सामान लुकाइ राखिएको सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीमाथि तस्कर समूहले आक्रमण गरेका थिए।टोलीले एउटा मोटरसाइकल फेला पारेपछि नजिकै रहेको टहरोको पनि खोजतलास गर्ने क्रममा करिब डेढ सयको संख्यामा लुकेर बसेका तस्करहरूले घरेलु हत

    • प्रकाशित मितिः असार २०, २०८२
    • 598 पटक पढिएको
  • टहरामा सुतिरहेकी दिदी र बहिनीको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु

    जाजरकोट— जिल्लाको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए ।प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताए ।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 548 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.