काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय क्षेत्र सरदर आसपासमा अवस्थित छ ।हाल गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ, बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ।आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही
काठमाडौं— सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत हालसम्म भएका कामहरु सार्वजनिक गरेको छ । सरकारले सेवा प्रवाह, सूचना प्रविधि, डिजिटल शासन तथा नेपाल टेलिकमको सेवा सुधारमा उल्लेखनीय उपलब्धि हासिल भएको जनाएको हो । सरकारका अनुसार २०८३ असार १६ गतेसम्म २३ लाख ७५ हजार १८१ वटा (८२ प्रतिशत) स्मार्ट सवारी चालक अनुमतिपत्र छपाइ सम्पन्न भएको छ । नयाँ आवेदनका हकमा यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था समेत लागू गरिएको छ ।डिजिटल अपराध नियन्त्रणतर्फ २६ वटा दर्ता भएका बेटिङ एप र २ लाख ४८ हजार ६७६ वटा अवैध अनलाइन सट्टेबाजी तथा जुवाका डोमेन लिंक बन्द
काठमाडौं— लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय विक्रन्त शाही, २२ वर्षीय बुद्ध गुरूङ, २० वर्षीय बज्रदेव महर्जन, ३० वर्षीय सुजन महर्जन र सोही ठाउँ बस्ने दाङ घर भएका २५ वर्षीय नबिन बुढाथोकी रहेका छन् । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।वीरगंज महानगरपालिका-१६ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्
काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायीलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएपछि नेपाल आयल निगम ले असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। त्यसअनुसार उपभोक्ताले प्रत्यक्ष राहत पाउने गरी बजारमा वस्तु तथा सेवाको मूल्य पनि घटाउन विभागले अनुरोध गरेको हो।मन्त्री यादवले इन्धनको मूल्य घटेको लाभ आम उपभोक्तासम्
काठमाडौं— राहदानी विभागले राहदानी जारी गर्ने प्रणाली स्तरोन्नति गर्दै नयाँ प्रणाली लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा प्रभावित हुने भएको छ।विभागले बिहीबार जारी गरेको जरुरी सूचनाअनुसार आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन गरिनेछ। यसअघि नै प्रणाली परिवर्तनका क्रममा सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जानकारी विभागले सार्वजनिक गरिसकेको थियो।सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने
काठमाडौं— राष्ट्रिय वाणिज्य बैङ्क ले आजदेखि अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ।सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअनुसार ग्राहकलाई सहज, छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले बैङ्कले डिजिटल माध्यमबाट कर्जा आवेदन दिने व्यवस्था सुरु गरेको जनाएको छ।बैङ्कका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार अब सेवाग्राहीले घरबाटै अनलाइनमार्फत कर्जा आवेदन दिन सक्नेछन्। यसबाट कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात तथा आवेदनको अवस्थाबारे हुने अन्योल अन्त्य हुने विश्वास बैङ्कले लिएको छ।रेग्मीले कर्जा प्रक्रियालाई अझ सरल, पारदर्शी र झन्झटरहित बनाउन यो सेवा
सर्लाही— सर्लाहीको गोडैता नगरपालिकाले नवनिर्मित गोडैता नगर अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ।शुक्रबार गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई मन्त्रालयमै भेटेर आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन आग्रह पत्र बुझाएका हुन्। नगर प्रमुख यादवले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको व्यवस्था गरिदिन मन्त्रालयसमक्ष अनुरोध गरेका थिए।आग्रह पत्र बुझ्दै मन्त्री मेहताले आवश्यक प्रक्रिया पूरा गरी केही समयभित्र अस्पताल सञ्चालनका लागि आवश्यक स्व
काठमाडौं— संवैधानिक परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ।सरकारी वकिलबाट सेवा सुरु गरेका कार्की पछि न्याय प्रशासनतर्फ आबद्ध भएका थिए। सिफारिससँगै उनले रजिस्ट्रार पदबाट राजीनामा दिएर संसदीय सुनुवाइ प्रक्रिया पूरा गर्नुपर्नेछ।परिषद्ले पूर्वडीआईजी डा। राजीव सुब्बा र निर्वाचन आयोगका अवकाशप्राप्त उपन्यायाधीवक्ता गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा पनि सिफारिस गरेको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अवकाशपछि आयोग नेतृत्वविहीन हुँदै आएको थियो। हाल कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी पनि अर्को साता उमेरहदका कारण अवकाशमा
विराटनगर— बजेट वितरणमा आफ्नै दलका सांसददेखि प्रतिपक्षसम्मको तीव्र विरोध खेपेको कोशी प्रदेश सरकारले अन्ततः बजेट संशोधन गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा १ अर्ब रुपैयाँ पुनः बाँडफाँट गर्ने तथा रातोकिताबमा रहेका त्रुटि सच्याउने प्रतिबद्धतासँगै करिब १० दिनदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन हुने वातावरण बनेको हो।आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले शुक्रबार प्रदेशसभामा सम्बोधन गर्दै बजेट निर्माणका क्रममा देखिएका कमजोरी स्वीकार गर्दै सांसदहरूले उठाएका जायज माग सम्बोधन गरिने बताए।उनका अनुसार विभिन्न मन्त्रालयबाट १ अर्ब रुपैयाँ समपर्बण गरी छुटेका योजना समेटिने,
काठमाडौं— वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो।नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गर्दै नारायणी अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो।मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सहु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.