समाज

    Showing 981-990 of 11,012 items.
  • अब डिजिटल विज्ञापन पनि नियमनको दायरामा, भ्रामक विज्ञापनमा क्षतिपूर्तिको व्यवस्था

    काठमाडौं— सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गर्दै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, इन्फ्लुएन्सर मार्केटिङ र कृत्रिम बौद्धिकता (एआई) मार्फत हुने विज्ञापनलाई पनि नियमनको दायरामा ल्याउने भएको छ।बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत नीतिअनुसार भ्रामक, तथ्यहीन तथा ‘डीपफेक’ विज्ञापनमाथि कडा नियन्त्रण गरिनेछ। त्यस्ता विज्ञापनबाट उपभोक्तालाई क्षति पुगेमा क्षतिपूर्तिको व्यवस्था गरिनेछ।नीतिले विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति रोक्ने, सरकारी विज्ञापन वितरणलाई पारदर्शी बनाउने, सञ्चारमाध्यमको वर्गीकरण गर्ने तथा विज्ञापन बोर्डलाई थप अधिकारसम्पन्न बनाउने व्यवस्था गरेको छ।साथै अश्ल

    • प्रकाशित मितिः असार १८, २०८३
    • 637 पटक पढिएको
  • गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त

    काठमाडौं— सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कैलाली निवासी रावललाई संस्थानको महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो।सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै रावलको नियुक्ति भएको जानकारी दिएका हुन्।

    • प्रकाशित मितिः असार १८, २०८३
    • 445 पटक पढिएको
  • सामान्य अङ्कले नेप्से बढ्यो, ४ अर्ब ११ करोडको कारोबार

    काठमाडौं— धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ६६१ दशमलव ७१ मा पुगेको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८९ अङ्कले उकालो लागेर ४६२ दशमलव ४७ मा पुगेको छ ।फ्लोट सूचक शूल्य दशमलव ९९ अङ्कले बढेर १८२ दशमलव ६१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ३९ अङ्कले बढेर १५६ दशमलव ६८ मा पुगेको छ ।आज विभिन्न कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता शेयर चार अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये पाँच उ

    • प्रकाशित मितिः असार १८, २०८३
    • 482 पटक पढिएको
  • ११ वर्षीय बालकले चलाएको पिकअप भिक्षुहरूको समूहमा ठोक्किँदा ८ जनाको मृत्यु

    काठमाडौं— थाइल्यान्डको उत्तरपूर्वी क्षेत्रमा ११ वर्षीय बालकले चलाएको पिकअप ट्रक तीर्थयात्रामा हिँडेका बौद्ध भिक्षुहरूको समूहमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। बिहीबार भएको दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्, जसमा चार जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।मुक्ताहान प्रान्तका गभर्नर वोरायन बुन्नारतका अनुसार तीर्थयात्रामा सहभागी ३५ जना भिक्षुहरू मुक्ताहान प्रान्तबाट उबोन राचाथानी प्रान्ततर्फ करिब १६० माइल पैदल यात्रा गरिरहेका थिए। यात्रा सुरु गरेको करिब आधा घण्टामै दुर्घटना भएको हो।दुर्घटनामा पाँच जना भिक्षुको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका अन्य तीन जनाक

    • प्रकाशित मितिः असार १८, २०८३
    • 456 पटक पढिएको
  • नेपाल प्रहरीका आठ एआईजीको सरुवा

    काठमाडौं— सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आठ एआईजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । सरुवा को–को हुने भन्नेबारे खुलाइएको छैन् ।

    • प्रकाशित मितिः असार १८, २०८३
    • 437 पटक पढिएको
  • आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै

    काठमाडौं /उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम ओभरटाइम गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गरेकी छन् । निगममा ओभरटाइमका नाममा भइरहेको करोडौँ रुपैयाँको अनावश्यक खर्च र अनियमितता रोक्न मन्त्री यादवले यस्तो कदम चालेकी हुन् । नेपाल आयल निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत ’सेवा सुविधा’ शीर्षकमा व्यवस्था गरिएको अतिरिक्त कार्यभत्तालाई अब ’सिफ्ट प्रणाली’ का आधारमा पुनर्संरचना गर्ने गृहकार्य अघि बढाइएको छ ।निगममा ओभरटाइम भत्ताका नाममा गत बर्षमात्रै वार्षिक १३ करोड रुपैयाँसम्म खर्च हुँदै आएको तथ्याङ्क छ। मन्त्री यादवले यस प्रकारको फ

    • प्रकाशित मितिः असार १८, २०८३
    • 268 पटक पढिएको
  • सम्पत्ति शुद्धिकरण विधेयक हतारमा पास नगर्न सांसद बलावती शर्माको आग्रह

    काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण मनि लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने बताएकी छन्।बिहीबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सम्पत्ति शुद्धिकरण भनेको गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिलाई वैध बनाउने प्रक्रिया भएकाले त्यसलाई रोक्न कानुनी व्यवस्था आवश्यक रहेको बताइन्। उनले नेपाल ग्रे लिस्टमा परेकाले आतङ्कवादी गतिविधि तथा अन्य गैरकानुनी स्रोतबाट आएको धनलाई वित्तीय प्रणालीमा प्रवेश गर्न रोक्न प्रभावकारी कानुन आवश्यक भएको उल्लेख गरिन्। उनले भनिन्, ‘सम्पत्ति शुद्धिकरण भन

    • प्रकाशित मितिः असार १८, २०८३
    • 272 पटक पढिएको
  • खड्कबहादुर बुढाले उठाए प्रतिनिधिसभामा सरकारप्रति सुशासन र पासपोर्ट खरिदबारे गम्भीर प्रश्न

    काठमाडौं / नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा आफ्नो धारणा राख्दै उनले पासपोर्ट छपाइ तथा खरिद प्रक्रियासम्बन्धी विषयमा बाहिर आएका समाचारहरूले देशमा सुशासन र कानुनी शासनमाथि प्रश्न उठाएको बताए । उनले कुनै पनि अनियमितता भएको प्रमाणित भएमा दोषी जोसुकै भए पनि पद वा पहुँच जस्तोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने स्पष्ट पारे । उनले भने, ‘पासपोर्ट छपाइका सन्दर्भमा जोडेर जेजस्ता विषय र घटनाहरू बाहिर आएका छन्, यसले देशमा सुशासन र कानुनी राज्यमाथि गम्भीर प्रश्न उठ

    • प्रकाशित मितिः असार १८, २०८३
    • 198 पटक पढिएको
  • देशको प्रधानमन्त्री बन्नुस्, जनताको पक्षमा गम्भीर हुन सिक्नुस्: एमाले सांसद सिद्धिकी

    काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गरेकी छन्।बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिद्धिकीले प्रतिनिधि सभा नियमावली, २०८३ ले प्रत्येक सांसदलाई प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने अधिकार दिएको उल्लेख गर्दै उक्त व्यवस्थाले सरकारलाई जवाफदेही, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने बताइन्। प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले भनिन्, ‘प्रधानमन्त्री सडकको होइन, देश र नेपाली जनताको प्रधानमन्त्री हो। उहाँ संसदमा आएर देशको गरिमा र जनताको सम्मानका विषयमा स्पष्ट धारणा राख्नुपर्छ। देश र जनताको

    • प्रकाशित मितिः असार १८, २०८३
    • 183 पटक पढिएको
  • बैंगलोरमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न सांसदको माग

    काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन्।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारतको बैंगलोरस्थित चन्द्रपुर अपार्टमेन्टमा कार्यरत बझाङको केदारस्युँ गाउँपालिका–४ निवासी विजयराज भट्टको कार्यस्थलमै कुटपिटबाट मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको गम्भीर छानबिन र आवश्यक कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्। उनले मृतकको शव हाल बैंगलोरको सूर्य सिटी प्रहरी कार्या

    • प्रकाशित मितिः असार १८, २०८३
    • 234 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.