काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ । कुल तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका छन् । विभिन्न जीपीए समूहमा विद्यार्थीहरूको संख्या यसप्रकार छ:२.८१ देखि ३.२० जीपीए: ७८ हजार ७५२.४१ देखि २.८० जीपीए: ६१ हजार ३६३.२१ देखि ३.६० जीपीए: ४६ हजार ८९३३.६१ देखि ४ जीपीए: ९ हजार ५९१२.१ देखि २.४० जीपीए: ८ हजार २४०१.६१ देखि २ जीपीए: १२कुल परीक्षार्थी संख्यामा ४७.८५ प्रतिशत विद्यार्थीले ग्रेडेड नतिजा प्राप्त गरेका छन् ।
काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुत्तीर्ण भएका छन् ।गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी थिए ।ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्
काठमाडौं–माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चित्त नबुझेर पुनर्योग गर्नेमध्ये ४.६ प्रतिशत परीक्षार्थीको नतिजा परिवर्तन भएको छ । तर पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीमध्ये केही नतिजा सार्वजनिक गर्न बाँकी नै छ । बोर्डका अनुसार १८ हजार ६१२ जनाले पुनर्योगका लागि निवेदन दिएका थिए । जसमध्ये आइतबारसम्ममा १६ हजार २४१ जनाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार ग्रेडवृद्धि परीक्षा सुरु हुनुभन्दाअघि नै नतिजा सार्वजनिक गरिसक्ने योजना छ । परीक्षार्थीले पहिले प्राप्त गरेका नतिजामा केही विषयको ग्रेड प्वाइन्ट (जिपिए) मा परिवर्तन भए
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठको न्याय विभागले गुरुपूर्णिमाका सन्दर्भमा गुरु अभिनन्दन समारोह आयोजना गर्यो । न्याय विभागाध्यक्ष प्राध्यापक जगतप्रसाद उपाध्याय 'प्रेक्षित’ ज्यूको सभाध्यक्षता एवम् नेपाली भाषावाङ्मयका महामनीषि एवम् महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीज्यूको प्रमुखातिथ्य, ने.सं.वि. अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधन पौडेल र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकालको विशिष्टातिथ्य तथा ने. सं. वि. प्राध्यापक संघका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछाने, ने. सं. वि. प्राध्यापक संघका पूर्व सभापति प्रा. डा. शान्तिकृष्ण अधिकारी, नेपाल प्रज्ञा
काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८० चार जनालाई प्रदान गरेको छ । आइतबार बिहान काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो ।पुरस्कृत चारै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका थिए । राजनीतिकतर्फ किशोरकुमार अधिकारी, होमनाथ दाहाल र साहित्यिक विधातर्फ प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. हरिप्रसाद शर्मा पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको छ।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।२११औँ भानु जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उल्लेख गरेका छन् ।आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त
काठमाडौं— नेपाल संस्कृत विश्वविद्यालयान्तर्गत वाल्मीकि विद्यापीठको शाङ्कर वेदान्त-विभागले भानुजयन्तीको पूर्वसन्ध्यामा भानुभक्तीय रचना वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।शाङ्कर वेदान्तविभागका विभागाध्यक्ष प्रा.डा. सुमोदवर्धन कौडिन्न्यायनको अध्यक्षतामा भएको कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल प्रमुख अतिथि र समसामयिक नेपाली साहित्यका कवि, समालोचक, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वप्राज्ञ प्रा. डा. देवी नेपाल विशिष्टातिथिको रुपमा सहभागी थिए । २११ ओैँ भानुजयन्तीका अवसरमा आयोजित-भानुभक्तीय रचना वाचन प्रतियोगितामा १८ जना विद्यार्थीहरूले भाग लिएका थिए भने २० जना प्राध्यापक
काठमाण्डौ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गते देखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको हो ।२०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा भाग लिन पाउने जनाएको छ ।
काठमाडौं— एसईई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका– २ को नीलकण्ठेश्वर माविबाट एसईई परीक्षामा सहभागी १६ वर्षीया जेनिशा बुढाथोकीले आत्महत्या गरेकी छिन् ।उनले बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेनिशाले आफ्ना अभिभावकलाई सुसाइट नोटमा परीक्षा बिग्रिएकै कारण आफूले आत्महत्याको बाटो रोज्न बाध्य भएको लेखेकी छिन्। त्यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका– ३ का आशिष घिमिरेले आफ्नै कोठामा पासो लगाएर देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार
काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् ।शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको हाे ।यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.