शिक्षा

    Showing 801-810 of 1,003 items.
  • त्रिविका वार्षिक सबै परीक्षा स्थगित

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयले वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।  बिहीबार परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै यही माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो ।हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरू सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओमक्रोन भेरियन्टको तीव्र सङ्क्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्ष

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 294 पटक पढिएको
  • शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न आग्रह

    बिर्तामोड / कोभिड –१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले आग्रह गरेको छ । जिल्लाका अधिकांश क्षेत्रमा विद्यालय खुला गरेर स्वास्थ्य मापदण्ड बिनानै कक्षा सञ्चालन भइरहेपछि कार्यालयले पुनः ध्यानाकर्षण गराएको हो ।कार्यालय प्रमुख उद्धिमराज पौडेलले आइतबार पत्र जारी गर्दै जिल्लाका सबै विद्यालयलाई माघ १५ गतेसम्म विद्यालय बन्द गरेर विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन ध्यानाकर्षण गराएका छन् । आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी पुस २७ गतेदेखि माघ १५ गतेसम्म बिदा दिने उक्त अवध

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 168 पटक पढिएको
  • मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

    हामी मध्ये धेरैजसोले पक्कै पनि मोबाइल फोनलाई सिरानीमा राखेरै सुत्छौं । मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ  भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ ।  एक हप्तासम्म मोबाइललाई सिरानीबाट टाढा राखेर सुत्नुहोस् अनि आफैं हेर्नुहोस्, तपाईँमा कति परिवर्तन आउँछ ।तपाईंले विचार गर्नुभएकै होला, धेरै समय मोबाइलबाट कुरा गरिसकेपछि अलिअलि चक्कर लाग्ने, आलस्य हुने जस्तो भएको । त्यो मोबाइलको रेडिएसनले गर्दा हो । त्यत्ति नै समय हेडफोन प्रयोग गरेर या लाउड स्पिकरमा बोल्नुहोस् र विचार गर्नुहोस्, तपाईंलाई पहिलेको जस्तो हुँदैन । हामी निदाएको बेला पनि दिमाग सक्रिय नै रहन्छ । दिमागमा अत्यन्तै नाजुक सेल्सह

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 176 पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयको पठनपाठन माघ १० सम्म बन्द

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै त्रिविले माघ १० गतेसम्म बिदा दिएको हो । विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म बिदा दिने जनाएको छ ।त्यसैगरी विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘परीक्षा केन्द्रहरूमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने’ सूचनामा भनिएको छ ।

    • प्रकाशित मितिः माघ १, २०७८
    • 178 पटक पढिएको
  • बाल्यकालको सपनालाई पेशा बनाउँछु : थापा

    बिर्तामोड / बिर्तामोड स्थित कञ्चनजङ्गा अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने राजेश थापा सानै उमेरबाट चित्रकलामा सक्रिय भएर लागेका छन । बाबू हरिचन्द्र थापा र आमा सविता थापाको एक्लो छोरोका रुपमा जन्मिएका थापा सानै बाल्य अवस्थाबाट नै   चित्र कोर्न रुचि राख्थे । उनले अहिले ५   स्केच ,पातकला , चित्रकला , बालुवा  कला , स्टेन्सिल आर्ट आदि प्रकारको कला जानेको कुरा बताए । फुर्सदको समयलाई सदुपयोग गरि कडा मेहेनत गरि सफलतालाई पछ्याउँदै गरेको कुरा उनी भन्छन् । राजेशले अहिले सम्म  २ घण्टा देखि लिएर ७४ घण्टा सम्म लाग्ने १०० भन्दा बढी  चित्र बनाइसकेका छ्न । चित

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 533 पटक पढिएको
  • धुलावारी माध्यमिक विद्यालयलाई किन्जल फाउण्डेसन नेपालको सहयोग

    बिर्तामोड / मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि सहयोग गरेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले किन्जल फाउण्डेसन नेपालमार्फत सहयोग गरेका हुन् ।विद्यार्थीले फाउण्डेसनमार्फत रु तीन लाख १६ हजार सहयोग गरेको  प्रधानाध्यापक महेन्द्र विलाश लुइँटेलले जानकारी दिए । छात्रवृत्ति वितरणका लागि फाउण्डेसनका संयोजक आशिष लामिछाने र प्रधानाध्यापक लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । संयोजक लामिछानेले आर्थिक अभावले पढाइ छाड्न बाध

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 192 पटक पढिएको
  • नोबेल मेडिकल कलेजअगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

    विराटनगर  / अतिरिक्त शुल्कविरुद्ध आन्दोलनरत विद्यार्थीहरूले विराटनगरको नोबेल मेडिकल कजेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । आइतबार रिले अनशनका लागि पुगेका विद्यार्थीहरूलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरूले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको र शुल्क नतिर्ने विद्यार्थीलाई गत पुष १४ गतेदेखि कक्षामा प्रवेश निशेध गरेको थियो । चिकित्सा शिक्षा आयोगले तोकेको एमबिबिएस तर्फको शुल्क भन्दा नोबेलले २० लाखसम्म बढी असुल गर्न खोजेको भन्दै विद्यार्थीहरूले नोबेल प्रशासन विरुद्ध दुई साता देखि नाराबाजी ग

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 183 पटक पढिएको
  • शिक्षामन्त्री पौडेल आइसोलेसनमा

    काठमाडौँ  / स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल आइसोलेसनमा बसेका छन् ।कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मन्त्री पौडेल आइसोलेसनमा बसेको पारिवारिक स्रोतले जानकारी दिएको छ । आइतबार एन्टीजेन परीक्षणमा नेगेटिभ नतिजा आएको र आरटी–पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको छ ।यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका दाहालको सचिवालय र केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो । दाहालको कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र

    • प्रकाशित मितिः पुस २६, २०७८
    • 173 पटक पढिएको
  • कोरोना संक्रमण बढेसँगै माघ १५ सम्म विद्यालय बन्द

    काठमाडौँ / शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको सचिवस्तरीय बैठकले कोभिड –१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । कोरोनाको संक्रमण बढेपछि आइतबार सीसीएमसीले वार्षिक बिदामा मिलान हुने गरी विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरू छलफलमा बसेका थिए ।बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खो

    • प्रकाशित मितिः पुस २६, २०७८
    • 182 पटक पढिएको
  • बढ्दै कोरोना संक्रमण : १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

    काठमाडौं  / नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तरक्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन् ।‘हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ’, उनले भने, ‘यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन श

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 174 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.