शिक्षा

    Showing 871-880 of 1,003 items.
  • गण्डकी विश्वविद्यालयको डिनमा डा. अधिकारी नियुक्त

    गण्डकी / गण्डकी विश्वद्यिालयको डिनमा डा. कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा. नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा. अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरेका डा. अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरेका छन् । स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय)को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा. अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिए ।उनका अनुसार

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 207 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय साक्षरता दिवस : नेपालमा ५४ जिल्ला साक्षर घोषित

    बिर्तामाेड / नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ ।  ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड –१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवसका अवसरमा आज भक्तपुरमा वृक्षरोपण कार्यक्रम तय गरेको छ ।हाल १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७ दशमलव नौ प्रतिशत छ । सोही समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव छ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५९ दशमलव सात प्रतिशत रहेको छ । मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् ।&nbs

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 197 पटक पढिएको
  • विद्यालय खोल्न हतार नगर्न आग्रह

    काठमाडौँ / कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय भएको थियो । विद्यालय खोल्न सकिने स्थानका शिक्षक र कर्मचारीले कोभिड विरुद्धको खोप लगाएको हुनुपर्ने लगायतका आधार बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्मार्ट लकडाउन अन्तर्गत विद्या

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 161 पटक पढिएको
  • विद्यार्थी आन्दोलन : बेला सकिएपछि आन्दोलनको घोषणा

    बिर्तामोड / विद्यार्थीको हक , हित र अधिकारका लागि भन्दै राजनीतिक दलका सहयोगी बनेर राजनीति गर्दै आएका विद्यार्थी सङ्गठनले डेढ वर्ष देखि निजी शिक्षण संस्थाले लिँदै आएको चर्को शुल्कका विषयमा बल्ल यतिबेला आएर आफ्नो धारणा सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका छन् ।सामान्य अवस्थामा जसरी शुल्क असुलिरहेका झापाका निजी विद्यालयलाई शुल्क नलिन चेतावनी दिदैँ विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गरेका हुन् । सत्तारुढ दल सम्वद्ध कांग्रेसको नेविसंघ , माओवादी केन्द्रको अखिल क्रान्तिकारी र जसपाको समाजवादी विद्यार्थी युनियनले ५० प्रतिशत भन्दा बेसी शुल्क लिएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।देशभरका विद्यालयम

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 290 पटक पढिएको
  • कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर पठनपाठन गर्न पाउने

    कञ्चनपुर  / कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले शैक्षिक संस्थालार्ई स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिको परिधिभित्र रही जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक गतिविधि गर्न दिने निर्णय गरेको हो । बैठकपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेद्वारा जारी गरिएको आदेशमा पहिलो प्राथमिकता सकेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गर्न गराउन आग्रह गरिएको छ ।भौतिक उपस्थितिमा शैक्षिक गतिविधि सञ्चालन गर्दा त्यसको अनुगमन स्थानीय तहले गर्नुपर्ने र स्

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 185 पटक पढिएको
  • विश्वविद्यालयमा भ्रष्टाचार : अख्तियार र अदालतले यसरी दिन्छ सफाइ

    बिर्तामोड / त्रिभुवन विश्वविद्यालयको (त्रिवि) सेवा आयोगले उपप्राध्यापक छनोट परीक्षामा उत्तरपुस्तिकामा प्रश्नमात्रै सारेकालाई पास गराइएको तथ्य फेला परेको छ ।आयोगका तत्कालीन सदस्य केदार घिमिरेले घुस लिएर उत्तरपुस्तिकामा प्रश्नमात्रै सारेकालाई पास गराइएको तथ्य सार्वजनिक भएको हो ।आन्तरिक परीक्षाका लागि रोल नम्बर ५७०८ भएका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षामा सोधिएका कूल ५ वटा प्रश्नको उत्तरमा कूल १७ पटक प्रश्न मात्र सारेको भएपनि पास गराइएको प्रमाण फेला परेको छ  ।आयोगले २०७२/ ७३ मा गणित विषयको आन्तरिक तथा खुल्ला उपप्राध्

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 137 पटक पढिएको
  • भौतिक उपस्थितिमा पठनपाठन सुरु

    म्याग्दी / कोरोना जोखिमकाबीच सदरमुकाम बेनी बजारबाहेक ग्रामीण क्षेत्रका केहि विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका छन् । बिच करिब पाँच महिनापछि विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका हुन् । सरकारले अघि सारेको ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेका जनाएका छन् । ग्रामीण क्षेत्रका विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने ‘स्मार्ट लकडाउन’ अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चालन भएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले सङ्क्रमणको जोखिम र प्र

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 181 पटक पढिएको
  • कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन हुने

     काठमाडौं//कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ। कोरोना महामारीका कारण यसअघि स्थगन गरिएको  कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।  सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको बताइएको छ। संगीत, ललितकला र संस्कृत विषय समूह  तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्न ल

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 175 पटक पढिएको
  • कोभिडको अवस्था हेरी विद्यालय खुलाइने

    सिमकोट / जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकूलता अनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ ।  सोमबार बसेको बैठकले कोभिडको संक्रमण घट्दै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न  दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताएका छन्। उनले कोभिड संक्रमण कम हुँदै गइरहेको र सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग आएकाले केन्द्रको बैठकले विद्यालय खुलाउन दिने निर्णय गरेको बताए । जिल्लाका सातवटै गाउँपालिकालाई विद्यालय सञ्चालनका लागि निर्देशन दिने र  अवस्था हेरी गाउँपालिकाले विद्यालय सञ्चालनक

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 197 पटक पढिएको
  • कोरोना कालको शैक्षिक शुल्क विरुद्ध सर्वोच्चमा रिट दायर

    बिर्तामोड/ कोरोना महामारीको समयमा भौतिकरूपमा अध्ययन हुने गरेको सामान्य अवस्थामा जसरी शुल्क लिएको भन्दै पोखरा स्थित पृथ्वीनारायण क्याम्पसका विद्यार्थीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।महामारीको समयमा आर्थिक सङ्कटको सामना गरिरहेका विद्यार्थीसँग विश्वविद्यालयका नाममा सामान्य अवस्थाको जसरी शुल्क लिने काम भइरहेको परमादेश जारी रोक्न दायर रिटमा माग गरिएको छ ।विद्यार्थी आभाष पोख्रेलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय , त्रिभुवन विश्वविद्यालय , त्रिभुवन विश्वविद्यालय कानुन सङ्कायको डिनको कार्यालय र पृथ्वी नारायण क्याम्पसलाई विपक्षी बनाई दायर गरेको रिटमा कोरोना महामारीको समयमा लिइरहेको श

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 602 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.