शिक्षा

    Showing 881-890 of 1,003 items.
  • परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति : मध्यपश्चिम विश्वविद्यालय

    कर्णाली / अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यम मध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो ।सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्र तोकिएको ढाँचाको गुगल फारम भरी कुन माध्यमबाट जाँच दिने हो खुलाउनुपर्नेछ । विद्यार्थीको आवेदन बमोजिम परीक्षालाई व्यवस्थित, मर्यादित र आधारभूत मापदण्डअनुसार सञ्चालनका लागि समयतालिका अविलम्ब सार्वजनिक गर्ने सहमति भएको छ ।&

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 223 पटक पढिएको
  • डा. विष्णुमायाका बारेमा विश्वव्यापी पढाइ हुँदै

    काठमाडौँ / सामाजिक अभियानकर्मी डा. विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइण्डसेट’ पुस्तकमा डा. परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरिएको छ ।उक्त पुस्तकका ६९२ पृष्ठ मध्ये डा परियारको कहानी पृष्ठ ५९१–५९४ बीच चार पृष्ठमा समावेश गरिएको युएस नेपाल अनलाइनका सम्पादक प्रदीप परियार थापाले जानकारी दिए । विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसनको पाठ्यपुस्तक अमेरिकामा मात्र होइन, विश्वका १०० भन्दा बढी मुलुकका हाइस्कूल, कलेज र विश्वविद्यालयमा पढाइ हुन्छ । सन् २०२०

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 168 पटक पढिएको
  • ४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराइने

    काठमाडौँ / तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय रु एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय रु एक लाखका दरले रु ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो । प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्नेछन् । “उक्त कार्यका लागि विद्यालयलाई प्रस्ताव पेश गर्न आह्वान गरेका थियौँ, विद्यालयले पेश गरेको प्रस्तावका आधारमा सबै विद्यालयलाई रु एक

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 169 पटक पढिएको
  • विद्यार्थी संगठन भन्छन् – अनलाइन कक्षाको नाममा पुरा शुल्क नलेउ

    बिर्तामोड / नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति झापाले संस्थागत विद्यालय तथा क्याम्पसहरूले अनलाइन कक्षाको नाममा अभिभावकबाट चर्को शुल्क लिएको प्रति आपत्ती जनाएका छन् । कोरोना महामारीको समयमा व्यापार, व्यवसाय नै ठप्प भएको वेला विद्यालयले शैक्षिक सत्र र अनलाइन कक्षाको नाममा अभिभावकबाट चर्को शुल्क लिएको प्रति नेविसंघ र क्रान्तिकारीले आपत्ती जनाएका हुन्।निषेधाज्ञाको समयमा भौतिक उपस्थिति विना पठनपाठन गराउँदै आएका झापाका निजी विद्यालयले विद्यार्थीसँग विगतमा जसरी नै शुल्क असुलेको भन्दै अनुगमन गरी नयाँ शुल्क निर्धारण गर्न अभिभावकले बिर्तामोड नगरपालिक

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 356 पटक पढिएको
  • कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नतिजा सच्चाउन माग

    काठमाडौँ / चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले सच्चाउन माग गरेको छ ।परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएको भन्दै सच्याउन माग गरिएको हो । एशियाका अध्यक्ष यमप्रसाद अधिकारीले आयोगमा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराएकाले आयोगले नतिजालाई पुनःविचार गर्नुपर्ने बताएका छन् । उनले कोटाअनुसार विद्यार्थी नहुँदा आफूहरूलाई कलेज सञ्चालन गर्नसमेत समस्या परेको बताएका छन् ।पहिलोपटक आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 181 पटक पढिएको
  • कक्षा १२ को परीक्षा दशैं अगावै

    काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जानकारी दिएको छ । परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुन सक्ने जानकारी दिएको हो ।११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् । सीसीएमसीसित अनुमति लिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाका बारेमा सूचित गरिने उनले बताए । राजधानी र सहरी क्षेत्रमा अध्य

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 184 पटक पढिएको
  • शिक्षक र प्रहरीबीच झडप हुँदा १२ जना घाइते

    महेन्द्रनगर  /   कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएका छन् । लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएका हुन् । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै नगरपालिकाको कार्यालयमा धर्ना सुरु गरेको थियो । सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको बताएका छन् । उनले प्रहरीको झडपमा परी १२ जना सामान्य घाइते भएको जनाएका छ

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 220 पटक पढिएको
  • कक्षा ११ र १२ का विद्यार्थीलाई भेरोसेलको पहिलो मात्रा आजबाट

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले कोभिड –१९ विरुद्धको  भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ ।आजबाट लगाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो । यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीर

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 224 पटक पढिएको
  • इजरायल र नेपालका दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ / नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच सहकार्य गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल र इजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा सहकार्य गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले जानकारी दिए । इजरायलको तेल अभिभ विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्‍त कार्यक्रमबीच भएको उक्त समझदारीपत्रमा नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल र  इजरायलका सो विश्वविद्यालयका उपकुलपति प्रा. मिलेट

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 237 पटक पढिएको
  • ‘इतिहासमा इटहरी’ पुस्तक विमोचन

    इटहरी//इटहरीको इतिहास समेटेर तयार पारिएको ‘इतिहासमा इटहरी’नामक पुस्तक विमोचन गरिएको छ ।एक कार्यक्रमका बीच इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकालाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता तथा जग्गा दाता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्तरुपमा पुस्तक विमोचन गरेका हुन्।नेप्ली मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न विषयको इतिहासका साथै वर्तमान अवस्था र भावी सम्भावनासमेत समेटिएको छ।पाँचवर्षको तयारीमा प्रकाशन गरिएको  पुस्तक

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 185 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.