स्वास्थ्य

    Showing 881-890 of 2,151 items.
  • वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु

    काठमाडौं / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उदयपुरको गाइघाट–१२ का २८ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोखरेलले जनाएका छन् । माघ १४ गते कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिले कोभिड–१९ विरुद्धको १ डोज मात्र खोप लगाएको पाइएको उनले बताए । संक्रमण पुष्टि भएसँगै उनलाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 113 पटक पढिएको
  • अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा परेको रिट ‘हेर्न नभ्याइने’

    काठमाडौं / सार्वजनिक सेवा प्राप्त गर्न कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्न नभ्याइने’ भएको छ ।बिहीबारका लागि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको रिट सर्वोच्च अदालतको वेबसाइटमा ‘हेर्न नभ्याइने’को स्थितिमा राखिएको छ । न्यायाधीश श्रेष्ठ र अर्का न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलास पनि तोकिएकाले श्रेष्ठले उक्त मुद्दा हेर्न नभ्याएका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरोकारवाला निकायलाई विपक्षी बनाई मंगलबार अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोखरेलले नि

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 124 पटक पढिएको
  • डा. केसी र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता, सातबुँदे ज्ञापनपत्र पेश

    काठमाडौं / चिकित्सा शिक्षा सुधार अभियन्ता डा।गोविन्द केसी र स्वास्थ्यमन्त्री बिरोध खतिवडा बीच भेटवार्ता भएको छ ।भेटमा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन र स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, शुलभ र सबैको समान पहुँचमा हुने व्यवस्थाको माग गर्दै डा। केसीले सात बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ ।

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 120 पटक पढिएको
  • अस्पतालका कर्मचारी नै नक्कली पीसीआर धन्दामा संलग्न

    काठमाडौं / अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ ।महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमी स्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी ठूलो रकम लिएर उक्त नकली धन्दामा लागेको पाइएको हो ।उनीहरूले वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमूना बिनै रिपोर्ट बनाइदिने गरेका पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।विशेष सूचनाको आधारमा

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 115 पटक पढिएको
  • कोरोना संक्रमण ओरालो लाग्दै

    बिर्तामोड  /  नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या घट्दै गइरहको छ। गत हप्ताको तुलनामा औषत संक्रमणदर ११.८ प्रतिशतले कमी आएको मन्त्रालयका प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिएकी छिन्।गत हप्ता एक लाख २० हजार २९९ आरटी पीसीआर परीक्षण गर्दा ६९ हजार ६६५ जनामा कोरोना पुष्टि भएको थियो। यो हप्ता घटेर ८४ हजार २३१ जनाको आरटी पीसीआर गर्दा २९ हजार ६९० जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. मिश्राले जानकारी दिइन्। आरटी पीसीआर गर्दा एक हप्तामा नेपालमा १४.३ प्रतिशतले संक्रमणदर कमी आएको हो।त्यस्तै एक हप्ता एन्टिजेनबाट परीक्षण गर्दा संक्रमणदर २.९ प्रतिशतले घटेको छ। ३८ हजार ४३३ जनाको एन्टिजेन प

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 117 पटक पढिएको
  • ५ वर्षसम्मका बालबालिकाका लागि कोभिड खोप ल्याउने

    काठमाडौं / कोरोना विरुद्धको खोप कम्पनी फाइजर र बायोएनटेकले ५ वर्ष भन्दा कम उमेर समूहका लागि कोभिड विरुद्धको खोप ल्याउने तयारी गरेको छ । यी दुई कम्पनीले छिट्टै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई ५ वर्ष र सो भन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेको जनाएको छ ।अमेरिकामा हालसम्म यो उमेर समूहलाई कोरोना विरुद्धको खोप सिफारिस गरिएको छैन । यी दुई कम्पनीले ५ वर्षमुनिका र ६ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धका लागि आकस्मिक अनुमति माग्न सक्ने सञ्चार माध्यमले जनाएका हुन् ।गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासनले १२ वर्षका बालबाल

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 105 पटक पढिएको
  • केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आईसीयू सेन्टर

    काठमाडौं / काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले मंगलबार एक कार्यक्रम गरी १६८ बेड क्षमताको आईसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो ।केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा र अस्पताल निर्देशक डा. सुमन श्रेष्ठले रिबन काटेर आईसीयू सेन्टरको उद्घाटन गरेका छन् । गत वर्षदेखि केएमसीको व्यवस्थापन फेरिएको छ । पूर्वी नेपालमा प्रतिष्ठित नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि केएमसीले सेवा सुविधा बढाउँदै लगेको छ । पहिले केएमसीमा आइसीयूका ३४ बेड थिए । अहिले  नेपालकै सबैभन

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 213 पटक पढिएको
  • कोरोना अपडेट : थप ५,५८३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्‍यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस ९कोभिड- १९० को संक्रमण पुष्टि भएको छ , भने ९ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित छन् भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ भने ८ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन्

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 114 पटक पढिएको
  • खोप कार्ड अनिवार्य निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

    काठमाडौँ / खोप कार्ड अनिवार्य गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय गैरकानुनी रहेको जिकिर गरिएको छ।  यो निर्णयलाई राष्ट्रिय मानव अधिकार आयोगले समेत मानव अधिकार उपभोगमा असर गर्ने काम भनेको स्पष्ट गरिएको छ । सो निर्णय उत्प्रेषणको आदेशले बदर भागी भएकाले बदर गर

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 117 पटक पढिएको
  • बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग

    काठमाडौं/ बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ।सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न माग गरेका छन्। विज्ञप्तिमा युनिसेफ तथा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयहरूलाई बालबालिकालाई दिइने कोभिडविरुद्धको खोपका लागि नेपाललाई प्राथमिकरणको पहल गरिदिन पनि आग्रह गरिएको छ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 145 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा