स्वास्थ्य

    Showing 921-930 of 2,151 items.
  • भरतपुर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    भरतपुर  / भरतपुर अस्पतालमा कोभिडको जोखिम र संक्रमण बढ्दै गएपछि भरतपुर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।भरतपुर अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आज (आइतबार) देखि लागू हुनेगरि जनरल ओपिडी तथा रुटिन अपरेसन सेवाहरु अनिश्चित समयका लागि बन्द गरेको जनाएको हो ।अस्पतालका सबै विभागमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत कर्मचारी ठूलो सङ्ख्यामा कोरोना संक्रमित भई आइसोलेसनमा रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक शल्यक्रियाबाहेकका अरु सेवा स्थगित गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 120 पटक पढिएको
  • कोरोना संक्रमण तिब्र गतिमा फैलिए पछि न्युजिल्याण्डकी प्रधानमन्त्रीले रोकिन् आफ्नो बिबाह

    एजेन्सी / न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्नले कोभिड महामारीका कारण आफ्नो विवाह स्थगित गरेकी छन् । समाचार संस्था रोयटर्सका अनुसार कोभिड नियन्त्रणका लागि देशमा लागू प्रतिबन्धहरूमा थप कडाई गर्दै ४२ वर्षीया जसिन्डाले आजका लागि तय विवाह रोकेकी हुन् ।   कडा प्रतिबन्धहरूको घोषणा गर्दै उनले भनिन्, ‘अहिलेका लागि मैले आफ्नो विवाह सारेकी छु । र, कोरोनाको अमिक्रोन भेरियन्टको संक्रमणबाट बच्न म सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्छु ।’ न्युजिल्याण्डमा लागू नयाँ नियमअनुसार विवाहजस्ता समारोहमा कोरोनाविरुद्धको सबै डोज भ्याक्सिन लगाएका व्यक्तिहरूलाई मात्र सहभागी हुन अनुमति छ । 

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 105 पटक पढिएको
  • चीन सरकारले दियो नेपाललाई २० लाख सिरिञ्ज

    काठमाडौँ / चीन सरकारले नेपाललाई २० लाख सिरिञ्ज उपलब्ध गराएको छ । अनुदानमा उक्त सिरिञ्ज चीनले उपलब्ध गराएको हो ।उक्त परिमाणको सिरिञ्ज शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले २० लाख सिरिञ्ज उपलब्ध गराएको हो । 

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 203 पटक पढिएको
  • कोरोना अपडेट : १० हजार २५४ जनामा संक्रमण पुष्टि, १६ को मृत्यु

    झापा / पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ।  देशभरमा २० हजार १८७ नमुना परीक्षण गर्दा १० हजार दुई सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म देशमा ११ हजार ६ सय ५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।मन्त्रालयका अनुसार थ

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 136 पटक पढिएको
  • काठमाडौंमा कार्यरत ५३ जना प्रहरी र २० जना थुमुवामा कोरोला संक्रमण पुष्टि

    काठमाडौँ / महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत ५३ जना प्रहरीलाई कोरोला संक्रमण पुष्टि भएको छ ।विभिन्न चरणमा गरिएको परीक्षणमा हालसम्म ५३ जनालाई संक्रमण पुष्टि भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।संक्रमितमध्ये १२ जना नेपाल प्रहरी अस्पतालमा उपचाररत् छन् । होम आइसोलेसनमा ३४ जना, कार्यालयको आइसोलेसनमा ६ जना र कीर्तिपुर आइसोलेसनमा १ जना रहेको मैनालीले बताए ।यस्तै, २० जना थुनुवालाई पनि कोरोला संक्रमण भएको छ। त्यसमध्ये पाँच जना उपचारपछि फर्किएका छन् भने १५ जनाको उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 127 पटक पढिएको
  • कोरोना कहर : तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये खोप लगाएका चार

    काठमाडौँ / कोरोनाका कारण तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये ४ जनाले मात्रै खोप लगाएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनवरी पहिलो साताबाट सुरु भएको तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये ४ जनाले मात्रै खोप लगाएको पाइएको बताएका हुन्।‘खोपले बचाउँछ भन्ने कुरा विश्वव्यापी नै प्रमाणित भइसकेको कुरो हो । हाम्रोमा पनि त्यही देखियो,’ अधिकारीले भने, ‘तेस्रो लहर सुरु भएयता मृत्यु भएका ८८ प्रतिशत बढीले खोप नलगाएको पाइयो ।’

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 131 पटक पढिएको
  • गायिका आनीछोइङ डोल्मालाई ओमिक्रोन संक्रमण

    काठमाडौं / गायिका आनीछोइङ डोल्मालाई कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ। सामाजिक सञ्जालमार्फत उनले आफूलदाईओमिक्रोन पुष्टि भएको बताएकी हुन्।हाल उनी होम आइसोलेसनमा बसेकी छन्। तातोपानीको वाफ लिँदै गरेको तस्बिर सेयर गर्दै उनले सबैलाई सतर्कता अपनाउन आग्रहसमेत गरेकी छन्।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 109 पटक पढिएको
  • पर्सामा कोरोना संक्रमितको मृत्यु

    झापा / वीरगञ्जस्थित नारायणी अस्पतालमा पर्साका एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । सङ्क्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए । कोरोना लहरको तेस्रो लहरसगैँ पर्साको यो पहिलो मृत्युको घटना बनेको छ । सङ्क्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि निजी अस्पतालले सङ्क्रमितलाई नारायणी अस्पतालमा रेफर गरेको थियो । मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्य

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 123 पटक पढिएको
  • गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

    कास्की / पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि यही माघ ७ गतेसम्म गण्डकीका मनाङबाहेकका जिल्लामा सो सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन्।प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 206 पटक पढिएको
  • सातै प्रदेशमा सिटामोल वितरण

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) काठमाडौँ उपत्यका लगायत देशका मुख्य सहरमा सिटामोल लगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोल सहितका अन्य औषधी सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराए । उनले केन्द्रीय मेडिकल स्टोर बाराबाट सातवटै प्रदेशलाई सिटामोल वितरण गरिएको बताए ।प्रदेश १ कोप्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको उनलेजानकारी दिए । यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 108 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा