विदेश

    Showing 1,061-1,070 of 2,120 items.
  • लेबनानमा इजरायलको आक्रमण, सीमा क्षेत्रमा तनाव

    काठमाडौं— इजरायलले दक्षिणी लेबनानमा हवाई हमला गरेको छ । उत्तरी इजरायलमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट हमला गरेपछि आफूले पनि जवाफी हमला गरेको इजरायलले जनाएको छ । यो हमलापछि इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव बढेको छ ।युद्धविराम उल्लंघन गरेको भन्दै दुवै देशले एकअर्कालाई दोष दिइरहेका छन् । लेबनानले आफूहरुलाई युद्धमा तान्न खोजेको भन्दै इजरायलको आलोचना गरेको छ ।इजरायलले लेबनानको टालिन, केफर मेल्की, म्लेता र वादी अल हुजेर नजिकको गाउँमा आक्रमण गरेको बीबीसीले जनाएको छ। टालिनमा एक आवासीय भवन नष्ट भएको छ । त्यसमा एक व्यक्तिको मृत्यु भएको र तीन जना घाइते भएको जनाइएको छ ।यसअघि इजरायली सेनाले लेबनानबाट

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 506 पटक पढिएको
  • मन्त्री मोदीले ‘विश्वमा आतंकवादको स्रोत पाकिस्तान हो’ भनेपछि पाकिस्तान क्रुद्ध

    काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी पोडकास्टर लेक्स फ्राइडम्यानलाई दिएको अन्तर्वार्तामा पाकिस्तानसँग शान्तिका लागि गरिने हरेक प्रयासले नकारात्मक नतिजा आएको बताएपछि पाकिस्तान क्रुद्ध भएको छ । प्रधानमन्त्री मोदीले आफू शान्तिको प्रयासमा लाहोर गएको र सन् २०१४ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई शपथ ग्रहण समारोहमा निम्तो दिएको बताएका थिए । पीएम मोदीले भनेका थिए– विश्वमा जहाँ पनि आतंकवादी घटना हुन्छ, यसको स्रोत पाकिस्तानबाट आउँछ।पाकिस्तानले प्रधानमन्त्री मोदीको यो टिप्पणीप्रति आपत्ति जनाउँदै प्रतिक्रिया दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले सोमबार भन्यो, ‘‘भा

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 481 पटक पढिएको
  • इजरायलले फेरि थाल्यो भीषण आक्रमण, एकैरातमा ३३० जना मारिए

    काठमाडौं— इजरायलले गाजामा फेरि भीषण आक्रमण थालेको छ । युद्धविराम लम्ब्याउने प्रयास असफल भएसँगै इजरायलले हवाई आक्रमण थालेको हो ।पछिल्लो आक्रमणबाट गाजामा एकैरातमा कम्तीमा ३३० जना मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ५० र बालबालिका २८ महिला पनि छन् । दर्जनौँ घाइतेको अवस्था गम्भीर रहेको मन्त्रालयका प्रमुख मोहम्मद जाकतले बताएका छन् ।इजरायलका रक्षामन्त्री इजरायल काट्जले सबै बन्धकलाई रिहा नगरेसम्म लडाइँ जारी रहने बताएका छन् ।यसअघि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धको मुख्य उद्देश्य हमासको सैन्य शक्ति नष्ट गरेर बन्धक फिर्ता ल्याउनु रहेको बताएका थिए ।इ

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 350 पटक पढिएको
  • ९ महिनाभन्दा बढी अन्तरिक्षमा फसेका सुनिता र बुच विल्मोर पृथ्वीमा फर्किंदै

    काठमाडौं— अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १३ दिनपछि पृथ्वीमा फर्किंदै छन् । स्पेसएक्सको अन्तरिक्ष यान ड्र्यागन इन्टरनेसनल स्पेस स्टेसनबाट पृथ्वीमा फर्किन अनडक भइसकेको छ । यो स्पेसक्राफ्टबाट १७ घन्टाको यात्रापछि अन्तरिक्ष यात्री सुनिता र बुच विल्मोर पृथ्वीमा आइपुग्नेछन् । यसका साथै नासाका अन्तरिक्षयात्री निक हाग र रुसको स्पेस एजेन्सी रसकसमसका अन्तरिक्षयात्री अलेक्सान्द्र गोरबुनोभ पनि यही स्पेसक्राफ्टबाट पृथ्वीमा आउँदै छन् । सुनिता र बुच विल्मोर ५ जून २०२४ मा परीक्षण उडान स्टारलाइनरबाट अन्तरिक्ष गएका थिए । उनीहरू ८ दिनमा पृथ्वीमा फर्किने योजना थि

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 443 पटक पढिएको
  • अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुग्यो

    काठमाडौं— यमनका हुथी विद्रोहीहरूले अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको बताएका छन् ।विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा पाँच बालबालिका रहेको उल्लेख छ । शनिबार अमेरिकाले हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमणलाई हुथी विद्रोहीहरूविरुद्ध कारबाही गर्नुको कारण भएको बताएका थिए । मारिनेमा केही प्रमुख हुथी विद्रोहीहरू पनि छन् । यसैबीच, हुथी विद्रोही नेता अब्दुल मलिक अल–हुथीले भनेका छन् “जबसम्म यमनमा अमेरिकी आक्रमण जारी

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 430 पटक पढिएको
  • म्यासेडोनियामा नाइट क्लबमा आगलागी स् ५१ जनाको मृत्यु, १०० घाइते

    काठमाडौं— उत्तर म्यासेडोनियामा एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । अन्य १०० जना घाइते भएको बीबीसीले जनाएको छ ।राजधानी स्कोप्जेबाट झन्डै १०० किलोमिटर उत्तरतर्फ पर्ने कोकानी सहरको पल्स क्लबमा आगलागी भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक फुटेजहरूमा पूरै भवन नै आगोले लपेटिएको देखिन्छ ।स्थानीय समयअनुसार, आइतबार बिहान ३ बजेतिर आगलागी भएको हो । त्यतिबेला देशकै चर्चित हिपहप ब्यान्ड एडीएनले प्रस्तुति दिइरहेको थियो ।कन्सर्टमा झन्डै एकहजार ५०० जनाले सहभागिता जनाइरहेका थिए ।स्थानीय सञ्चारमाध्यमले कन्सर्टबाटै आगो सुरु भएको जनाएका छन् । कलाकारले प्रस्तुति दिइरहेका बेला प्रदर्शन गरिएक

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 546 पटक पढिएको
  • साउदी अरब र कतारमा नै शान्ति सम्झौता किन हुन्छन् ?

    साउदी अरब । युक्रेन र अमेरिकाका अधिकारी मंगलबार साउदी अरबमा वार्ता गर्दैछन् । यो वार्ताले रुस–युक्रेनबीच युद्धविरामको बाटो खोल्न सक्छ । यो भेटघाटका लागि साउदी अरब नै उनीहरुले किन रोजे त ?साऊदी अरबका राजा प्रिन्स मोहम्मद बिन सलमानको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमीर पुटिन दुवैसँगको राम्रो सम्बन्धको यसमा अहम भूमिका छ ।साउदी अरबले ऊ रुस र युक्रेनको युद्धमा मध्यस्थकर्ताका रुपमा सक्रिय भूमिका निभाउने बताइसकेको छ ।साउदी अरबको छिमेकी कतार पनि पछिल्लो दुई दशकको समयमा विश्वभर मध्यस्थता गर्ने देशका रुपमा चिनिँदै आएको छ ।इजरायल र हमासबीच गाजामा युद्धविराम गराउन पनि उनीहरुको भ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 555 पटक पढिएको
  • सर्बियाको संसदमा विपक्षीद्वारा धुवाँयुक्त ग्रिनेड प्रहार : ३ सांसद घाइते, एकको अवस्था गम्भीर

    काठमाण्डौ:सर्बियाको संसदमा मंगलबार विपक्षी सांसदहरूले धुवाँयुक्त ग्रेनेड प्रहार गरेका छन्। सरकारको नीतिको विरोधमा र आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा विपक्षीहरूले उक्त प्रदर्शन गरेका हुन्।सर्बियाली प्रोग्रेसिभ पार्टीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले अधिवेशनको एजेन्डा अनुमोदन गर्ने बित्तिकै केही विपक्षी नेता आफ्नो सिटबाट उठेर सभामुखको कुर्सीतिर दौडेका थिए।उनीहरुले सदनमा धुवाँयुक्त ग्रेनेड फ्याँके जसले गर्दा सदन कालो धुवाँले भरिएको थियो। यस आक्रमणमा कम्तीमा ३ जना सांसद घाइते भएका जसमध्ये एक सांसदको अवस्था गम्भीर रहेको बीबीसी समाचारमा उल्लेख छ।   सर्बियाली संसदले मंगलबार देशका विश्

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 346 पटक पढिएको
  • युक्रेनी राष्ट्रपतिलाई तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप

    एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताको विश्वभर चर्चा चलिरहेको छ ।जेलेन्स्कीले युक्रेनको दुर्लभ पृथ्वी खनिजहरूमा अमेरिकालाई पहुँच दिनको लागि सम्झौतामा हस्ताक्षर नगरी शुक्रबार ह्वाइट हाउस छाडेको विषयले निकै चर्चा पाइरहेको छ । ओभल अफिसमा भएको वार्ता विफल भएपछि तेस्रो युद्ध हुने चिन्ता थपिएको छ । वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीले माग गरे अनुसार संयुक्त राज्यले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन नसक्ने टिप्पणी गरेका थिए । ट्रम्पले भने,‘जेलेन्स्की अमेरिकी समर्थनका लागि तयार छैनन् र उनलाई ‘तृतीय विश्व युद्ध

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 451 पटक पढिएको
  • तुलसीः युट्युबबाट पैसा कमाइरहेको युट्युब भिलेज

    नयाँदिल्ली । मध्य भारतको गाउँ तुलसीको आर्थिक र सामाजिक क्रान्ति सामाजिक सञ्जाल युट्युबका कारण फेरिएको छ । गत सेप्टेम्बर, २०२४ को एक बिहान जब तुलसी गाउँका मानिसहरु आफ्नो खेततिर जाँदै थिए, त्यहाँ एक ३२ वर्षका युट्युबर जय वर्मा जोडिन्छन् । उनी महिलाको एक समूहलाई आफ्नो भिडियोको हिस्सा बन्न आग्रह गर्छन् । त्यसपछि महिलाहरु मुस्कानका साथ आफ्नो साडीलाई मिलाउँदै क्यामरा अगाडि आउँछन् ।यसपछि जयले एक वृद्ध महिलालाई कुर्सीमा बस्न अनुरोध गर्छन् र अर्की महिलालाई ती महिलाको खुट्टा छुन भन्छन् । त्यसपछि अर्की महिलालाई पानी दिन भन्छन् । उनी गाउँमा तिहार मनाएको दृश्य खिच्छन्, जसलाई विश्वभर देखाउन चाहन्छन् ।य

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 419 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.