विदेश

    Showing 571-580 of 1,511 items.
  • बंगलादेशमा आरक्षण विरोधी आन्दोलन : मृतकको संख्या तीन सय नाघ्यो, देशभर कर्फ्यु

    काठमाडौं–बंगलादेशमा आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्दै गएको छ । आइतबार हजारौं प्रदर्शनकारी सडकमा उत्रिएर प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गरेका थिए । प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा कम्तीमा ९७ जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् ।हिंसा नियन्त्रणका लागि सरकारले देशभर कर्फ्यु लगाएको छ । साथै आगामी तीन दिन बिदा घोषणा गरिएको छ । देशभरका अदालत पनि अनिश्चितकालका लागि बन्द गरिएका छन् । सर्वोच्च अदालतले अति महत्वपूर्ण मुद्दाको लागि मात्र आपतकालीन इजलास गठन गर्ने निर्णय गरेको छ ।यससँगै, पछिल्लो तीन हप्तामा आरक्षण विरोधी प्रदर्शनमा मारिनेको संख्या तीन सय नाघेको छ । गत

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 340 पटक पढिएको
  • बेलायतमा भड्कियो हिंसात्मक प्रदर्शन : ९० भन्दा बढी पक्राउ

    काठमाडौं–बेलायतमा अति दक्षिणपन्थी आप्रवासी आन्दोलन हिंसात्मक बन्दै गएको छ । शनिबार भएका प्रदर्शनमा ९० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्ट जस्ता शहरहरूमा पसलहरू लुटिएका छन् भने प्रहरीमाथि आक्रमण गरिएको छ । लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल र फ्लेयर प्रहार गरिएको थियो । एक प्रहरीको टाउकोमा चोट लाग्यो भने अर्कोलाई बाइकबाट निकालिएको थियो । मर्सीसाइड प्रहरीले २३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । साउथपोर्टमा भएको हत्या घटनाले तनावलाई बढाएको छ । गत सोमबार गायिका टेलर स्विफ्ट थिम पार्टीमा तीन बालिकाको हत्या भएपछि स्थिति झनै

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 573 पटक पढिएको
  • युक्रेनद्धारा रुसी पनडुब्बी डुबाएको दाबी

    काठमाडौं–युक्रेनी सेनाले रुसको कब्जामा रहेको क्रिमियाको बन्दरगाहमा पार्क गरिएको रुसी पनडुब्बीमाथि आक्रमण गरी डुबाएको दाबी गरेको छ । युक्रेनका जनरल स्टाफले एक विज्ञप्ति जारी गर्दै सन् २०१४ मा प्रक्षेपण गरिएको रुसको किलो वर्ग युद्ध पनडुब्बी रोस्तोभ–अन–डोन शुक्रबार मिसाइल आक्रमणबाट डुबेको बताएको छ । रुसी पनडुब्बी रोस्तोभ–अन–डोनमा शुक्रबार बन्दरगाह सहर सेभास्टोपोलमा यो हमला गरिएको थियो । यो पनडुब्बी रुसको ब्ल्याक सी (कालो सागर) मा तैनाथ रहेका चार पनडुब्बीमध्ये एक हो । रुसको रक्षा मन्त्रालयले युक्रेनको यो दाबीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । युक्रेनी अधिकारीहरुका अनुसार यस

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 518 पटक पढिएको
  • मध्यपूर्वमा बढ्दो तनाव : अमेरिकासहित विभिन्न देशले गरे तत्काल लेबनान छोड्न आग्रह

    काठमाडौं–लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न भनेको छ ।यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी दिएका थिए । लामीले यस क्षेत्रको अवस्था द्रुत रूपमा बिग्रन सक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेका हुन् । तेहरानमा हमास नेता इस्माइल हानियाको बुधबार हत्या भएपछि इरानले इजरायलविरुद्ध बदला लिने घोषणा गरेको छ । हानियाको मृत्युको खबर इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि आएको थियो । आज हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हि

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 505 पटक पढिएको
  • ह्यारिस आधिकारिक रूपमै डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार

    काठमाडौं- आसन्न चुनावका लागि अमेरिकी डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ । डेमोक्रेटिक पार्टीका अधिकारीहरूले बहुमतसहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारमा चुनेको घोषणा गरेका छन् ।यसै सन्दर्भमा ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनिन्, “म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार हुन पाउँदा सम्मानित छु ।”आगामी हप्तामा आधिकारिक रूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाएकी छन् । वासिङ्टन पोस्टका अनुसार ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मुलकी महिला उम्मेदवार

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 318 पटक पढिएको
  • दिल्लीमा भारी वर्षापछि दुई जनाको मृत्यु

    काठमाडौं–भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बुधबार राति दिल्ली र उत्तर प्रदेशको खोडा कोलोनीको सिमानामा डीडीएले निर्माण गरिरहेको नालामा कुनै किसिमको ब्यारिकेडिङ नहुँदा एक महिला र साढे दुई वर्षकी छोरीको मृत्यु भएको हो । दिल्लीमा भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै सबै विद्यालयहरू बन्द गरिएको छ । भारी वर्षाका कारण दिल्लीका धेरै ठाउँ जलमग्न भएका छन् । यसअघि दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको एक कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी जमेर लोकसेवाको तयारी गरिरहेका तीन विद्यार्थीको मृत्यु भएको थियो । यही विषयलाई ल

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 441 पटक पढिएको
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि टुंगो लगाउन बैठक जारी

    काठमाडौं–संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि टुंगो लगाउन गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बसिरहेको छ । बैठकमा कार्यदल सदस्यहरूसँगै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति बिमला सुवेदी, पूर्व कानून मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाल लगायत पनि सहभागी छन् । बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा छन् ।  कार्यदलस्तरमा द्वन्द्वकालीन मुद्दामा पीडि

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 443 पटक पढिएको
  • वायनाड पहिरोमा ज्यान गुमाउनेको संख्या २७० पुग्यो, २४० बेपत्ता

    काठमाडौं–केरलाको वायनाडमा पहिरोमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ । दैनिक भास्करका अनुसार १३० जना घाइते छन् । विपद्मा २४० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । सोमबार राति मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुजा गाउँमा पहिरो खसेको थियो । ४ वटा गाउँका पुल, सडक र सवारी साधन पनि बगेका थिए । सेना, वायुसेना, एनडीआरएफ र एसडीआरएफको टोलीले हजारौं मानिसको उद्धार गरेका छन् । तीन हजार मानिस राहत शिविरमा छन् । आज राहुल गान्धी र प्रियंका वायनाड पुग्नेछन्। गृहमन्त्री अमित शाहले संसदमा केरला सरकारलाई २३–२४ जुलाईमा नै अलर्ट गरिएको भनेका छन् । राज्य सरकारले समयमै जनतालाई हटाएको भए यति धेरै नोक्सान नहुने

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 570 पटक पढिएको
  • इरानमा हमासका राजनीतिक प्रमुख हानियाको हत्या

    काठमाडौं–हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्या भएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्डले यसको पुष्टि गरेको छ । तेहरानमा उनको घरलाई लक्षित गरी भएको विष्फोटमा हमास प्रमुख हानिया र उनका एक अंगरक्षकको ज्यान गएको हो । हमासले पनि यसको पुष्टि गरेको छ । हमासले आफ्ना नेता इस्माइल हानियाको इरानको तेहरानमा ‘हत्या’ भएको उल्लेख गरेको छ । हानिया सन् २०१९ देखि प्यालेस्टाइन बाहिर बस्दै आएक थिए । यसअघि उनी कतारमा लुकेर बसेको बताइएको थियो । इस्माइल हानिया सन् २०१७ देखि हमासको प्रमुख राजनीतिक नेता थिए । हमासको सर्वोच्च निर्णय गर्ने निकाय शुरा काउन्सिलले उनलाई २०२१ मा चार वर्षको कार्यकालका लागि पुन: निर

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 319 पटक पढिएको
  • वायनाड बाढीपहिरो : १५१ जनाको मृत्यु, २२० जना बेपत्ता

    काठमाडौं– भारत, केरलाको वायनाडमा भारी वर्षाका कारण अहिलेसम्म १५१ जनाको मृत्यु भएको छ । घाइते ११६ जनाको उपचार भइरहेको छ । भारतीय अधिकारीहरूका अनुसार २२० भन्दा बढी व्यक्ति बेपत्ता छन् ।  उद्धारका लागि सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन् । सेनाले राति अबेरसम्म भग्नावशेषबाट १ हजार जनाको उद्धार गरेको छ । रातिको समयमा उद्धार रोकिएको थियो । बिहानैदेखि फेरि सुरु भएको हो । उद्धारमा वायुसेनाका दुईवटा हेलिकप्टर पनि पठाइएको थियो । तर वर्षाका कारण उनीहरू कोझिकोड फर्किनुपरेको थियो । लगातारको वर्षाका कारण कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धीले आफ्नो वायनाड भ्रमण र

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 367 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा