विदेश

    Showing 691-700 of 1,587 items.
  • सबैभन्दा खराब परिस्थितिका लागि तयार रहनू ; राष्ट्रिय सुरक्षा अधिकारीलाई सीको निर्देशन

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले मुलुकका राष्ट्रिय सुरक्षा अधिकारीहरुलाई सबैभन्दा खराब परिस्थितिको सामनाका लागि तयार रहन निर्देशन दिएका छन् ।अमेरिकासँग टक्कर बढिरहेका बेला सीले आफ्ना सुरक्षा अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।मंगलबार कम्युनिस्ट पार्टीको राष्ट्रिय सुरक्षा आयोगको बैठकमा सीले भने, ‘हामीले अहिले सामना गरिरहेको राष्ट्रिय सुरक्षा मामिलाको जटिलता र कठिनाइ निकै बढेको छ ।’उनले तेज हावा, कठोर लहर अनि खतरनाक तुफानी समुद्रको परीक्षण सामना गर्न आफु्रहरु तयार हुनुपर्ने बताए ।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 334 पटक पढिएको
  • भारतको मणिपुरमा चलिरहेको जातीय हिंसा

    एजेन्सी । मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले भारतको मणिपुरमा चलिरहेको जातीय हिंसा रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।ह्युमन राइट्स वाचले विज्ञप्ति निकालेर जातीय समुदाय र सुरक्षा बलद्वारा भइरहेको हत्याको निष्पक्ष छानबिन गरी हिंसा रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको हो ।विज्ञप्तिमा भारत सरकारले मणिपुरको मेइती र कुकी समुदायबीच केही हप्तादेखि भइरहेकोे हिंसामा अहिलेसम्म ७० जनाको ज्यान गइसकेको, ३५ हजार मानिस घरबारविहीन भएका र एक हजार सात सयभन्दा बढी घर भत्किएका उल्लेख छ ।हिंसात्मक प्रदर्शन बढ्दै गएपछि मणिपुर सरकारले मे ३ देखि आजसम्मका लागि इन्टरनेट सेवामा प्रतिबन्ध लग

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 296 पटक पढिएको
  • अफ्रिकी राष्ट्रचाडमा गाउँले र डाकुबीच भिडन्त १८ जनाको मृत्यु

    रासस  ।  मध्यअफ्रिकी राष्ट्र चाडमा सशस्त्र डाकुहरूले लोगोन ओरिएन्टल क्षेत्रको एउटा गाउँमा आक्रमण गर्दा कम्तीमा १२ जना गाउँले र ६ जना डाकुको मृत्यु भएको छ । स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएअनुसार उक्त आक्रमण यस क्षेत्रको उप–प्रिफेक्चर लारामनायेमा अवस्थित मकाते गाउँमा भएको हो । लारामनायेका उप–प्रदेश प्रमुख डिजिमेट ब्लामा सुकले जनाएअनुसार नौ जना मृतकको पहिचान भएको छ । त्यसैगरी, सुरक्षा बलले आठ आक्रमणकारीलाई पक्रन सफल भएको छ । यता स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी चाडियन नभएको बताएका छन् । ओरिएन्टल क्षेत्र क्यामरून र मध्य अफ्रिकी गणतन्त्र सीमाना छ । राष्ट्रव

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 217 पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा थाइल्याण्डको संसद विघटन, छिट्टै निर्वाचनको घोषणा गरिने

    एजेन्सी - थाइल्याण्डको संसद सोमबार विघटन गरिएको छ । प्रधानमन्त्री प्रयुत चान–ओ–चाले देशको संसद् विघटन गर्नुभएको उच्च सरकारी स्रोतले जनाएको छ । निर्बाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्याण्डमा दोस्रो पटक निर्वाचनका हुन लागेको हो । संसद विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्याण्डको राजपत्रमा प्रकाशित सूचनामा सोमबार उल्लेख गरिएको छ ।सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्व सेना प्रमुख प्रयुतले एक दशकको निर्बासनपछि स्वदेशमा फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी अर्बपति छोरी विरुद्ध प्रतिस्पर्धा गर्नुहुनेछ ।पेतोङ्टार्न सिनावात्राको नेतृत्वमा रहेको मुख्य

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 142 पटक पढिएको
  • कोलम्बियामा हेलिकोप्टर दुर्घटना, चारजना सैनिकको ज्यान गयो

    बोगोटा - कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चारजनाको ज्यान गएको छ ।आइतबार साँझ भएको सो दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ ।सो हेलिकोप्टर राजधानी सहरमा नै भएको र त्यसमा रहेका चारजना सैनिककै ज्यान गएको यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् । उनले राजधानी सहरमा यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा रहेका चारजनाकै ज्यान गएको जानकारी दिएका हुन् ।उनले सेनाका लागि आवश्यक सामग्री लिएर गएको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए । यहाँको सेनाका प्रमुखले सो दुर्घटनाका बारेमा अनुसन्धान सुरु भएको जानकार

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 220 पटक पढिएको
  • संसद्‌मा अनुपस्थित भएपछि सांसद पद चेट

    टोकियो - युटुबरबाट सांसद बनेका जापानका एकजना सांसदलाई संसद्‌मा प्रवेश गर्नै नपाई निष्कासन गरिएको छ। यसरी निष्कासनमा पर्ने उनी जापानको पहिलो सांसद बनेका छन्। योशिकाजु हिगाशितानीलाई सिनेटका उनका सहकर्मीहरूले काममा नआएको भन्दै मङ्गलबार निष्कासन गरेका हुन्। सात महिनाअघि सांसदमा निर्वाचित भएदेखि उनी एक दिन पनि संसद्को बैठकमा गएका थिएनन्।लगातार अनुपस्थित भएका कारण संसदको अनुशासन समितिले उनको संसद् सदस्यको हैसियत खोसेको हो। मतदाताले हिगाशितानीलाई गत जुलाईमा माथिल्लो सदनको सदस्यका रूपमा निर्वाचित गरेका थिए। उनी यूट्यूबमा गासीको रूपमा परिचित छन्। उनी त्यहाँ सेलिब्रिटी गसिपबारे भिडिओहरू बनाउँछन्। जापानम

    • प्रकाशित मितिः चैत १, २०७९
    • 248 पटक पढिएको
  • उत्तर कोरियाद्वारा २ वटा क्रुज क्षेप्यास्त्र परीक्षण

    एजेन्सी । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियन प्रायद्धीपमा संयुक्त सैन्य अभ्यास गर्नु अघि नै उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।साेमबार बिहानै उत्तर कोरियाले दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले नेता किम जोङ उनले शत्रुहरुको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिए लगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको हो । अमेरिका र दक्षिण कोरियाको १० दिने सैन्य अभ्यास पनि साेमबारदेखि नै सुरु भएको छ ।त्यस्तो सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित गरिएकाे भन्दै आएको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 139 पटक पढिएको
  • क्यालिफोर्नियामा डुंगा दुर्घटना, ८ जनाको मृत्यु

    एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो शहरको समुद्री तटमा डुंगा दुर्घटना हुँदा करिब ८ जनाको मृत्यु भएको छ । क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जनाइएकाे हाे । दुर्घटना ग्रस्त डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन नभएता पनि जीवित्तै उद्धार गर्ने सम्भावना कम भएको उद्धारकर्मीहरुले बताएका छन् ।सान डिएगोमा मानव तस्करीका लागि समुद्री मार्ग भएर यात्रा गर्ने यात्रुहरु बढी जोखिममा पर्ने गरेका छन् । त्यहाँ विगत ५ महिनामा मानव तस्करहरुले समुद्री मार्गमार्फत आप्रवासीहरुको ओसार्ने क्रम तीब्र बनाएका छन् । सन् २०२१ पनि आप्रवासीहरु चढेका डुंगा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थि

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 179 पटक पढिएको
  • अवैध आप्रवासीहरुलाई बेलायतले शरण नदिने

    एजेन्सी - बेलायतले अवैध आप्रवासीहरुलाई शरण नदिने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले गैर कानुनी बाटो हुँदै बेलायत प्रवेश गर्नेहरुलाई शरण नदिने प्रष्ट पार्दै तिनीहरुलाई बेलायतमा बस्न पनि नदिने बताए । फ्रान्स हुँदै ब्रिटिस च्यानल पार गरेर बेलायत छिर्नेहरुप्रति लक्षित गर्दै उहाँले गैरकानुनी रुपमा बेलायत छिरेर शरण पाउने अपेक्षा नगर्न प्रष्ट पारे ।फ्रान्ससँग सीमा छुट्याउने ब्रिटिस च्यानल डुंगाबाट तरेर बेलायत प्रवेश गर्नेहरुको संख्या दिन प्रतिदिन बढेपछि बेलायत कठोर बनेको हो । सन् २०१८ मा वार्षिक तीन हजार व्यक्ति डुंगाबाट बेलायत छिरेकोमा पछिल्लो समय उक्त संख्या वार्षिक १८ हजार पुगेको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 225 पटक पढिएको
  • रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी : दुई हजार घर जल्दा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन

    बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन बनेका छन् । हिजो भएको आगलागीमा मानिसहरुले भागेर ज्यान बचाउन सफल भए पनि घर र घरभित्र रहेका सामग्री जलेर नष्ट भएका बीबीसीले जनाएको छ ।बङ्लादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले शरणार्थीका लागि बनाइएका झण्डै दुई हजार घर जल्दा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन बनेका बताउनुभएको छ । आगलागीमा ३५ वटा मस्जिद र २१ वटा लर्निङ सेन्टर पनि जलेर खरानी भएका उहाँले बताउनुभयो ।हिजो दिउँसो चार बजेतिर सुरु भएको आगो झण्डै तीन घण्टापछि निभाइएको बङ्लादेशको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । अहिले

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 147 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा