विदेश

    Showing 721-730 of 1,587 items.
  • कम्प्युटर सिस्टममा गडबडी हुदा विमान सेवा ठप्प

     फेडरल एभिएशन एडमिनिस्ट्रेशनको कम्प्युटर सिस्टममा गडबडी हुँदा अमेरिकामा विमान सेवा ठप्प भएको  बीबीसीले जनाएको छ । फेडरल एभिएशन एडमिनिस्ट्रेशन ९ एएफएका अनुसार कम्प्युटर सिस्टममा देखिएको गडबडी ठिक गर्ने प्रयास भइरहेको छ । पायलटलाई आफ्नो रुटमा कुनै खतराको आशङ्का हुँदा अलर्ट पठाउने सिस्टममा गडबडी हुँदा समस्या आएको हो । पूरै देशको एअरस्पेसमा असर पुगेको एएफएले बताएको छ । 

    • प्रकाशित मितिः पुस २७, २०७९
    • 599 पटक पढिएको
  • अमेरिकामा संघीय कर्मचारीलाई टिकटक चलाउन प्रतिबन्ध

    एजेन्सी  / अमेरिकी सिनेटले संघीय कर्मचारीहरूलाई सरकारी स्वामित्वको डिभाइसमा टिकटक प्रयोग गर्नबाट रोक लगाउने विधेयक पारित गरेको छ । सिनेटको ध्वनी मतले टिकटक प्रयोगमा रोक लगाउने विद्येयक पारित गरेको हो ।राष्ट्रपति जो बाइडेनलाई स्वीकृतिको लागि पठाउनुअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले विद्येयकलाई अनुमोदन गर्न आवश्यक छ। यो वर्तमान कंग्रेस अधिवेशन समाप्त हुनु अघि हुन आवश्यक छ, जुन अर्को हप्ता अपेक्षित छ। बेइजिङले राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने अमेरिकीहरूको जासूसी गर्न एप प्रयोग गर्न सक्ने धेरै अमेरिकी अधिकारीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।धेरै राज्यहरूले पहिले नै सरक

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 134 पटक पढिएको
  • बलुचिस्तान–कंधार सीमामा गोली हानाहान : ६ जनाको मृत्यु, १७ घाइते

    एजेन्सी / पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । बलुचिस्तान–कंधार सीमामा गोली हानाहान भएको हो । मृत्यु हुनेमा ६ जना पाकिस्तानी रहेका छन् ।पाकिस्तानी सेनाले गोली हानाहानपछि अफगानी सुरक्षाकर्मीले विनाकारण आक्रमण गरेको र आक्रमणमा आर्टिली तथा गोला–बारुदको पनि प्रयोग गरेको दाबी गरेको छ । समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बिबिसीले पाकिस्तानको जवाफी कारबाहीमा एक अफगानी सैनिकको मृत्यु भएको तथा कम्तीमा दशजना घाइते भएको जनाएको छ । घटनाको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले निन्दा गरेका छन् ।

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 106 पटक पढिएको
  • बाढीले यात्रुवाहक कार बगाउँदा ८ जनाको मृत्यु

    एजेन्सी / फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रुवाहक जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको छ । २५ जना यात्रु बोकेको जिप उत्तरबाट गाउँतर्फ जाँदै गरेको जिप शनिबार राति ९ बजे बाढीले बगाएको तनय शहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले सिन्ह्वालाई जानकारी दिए । तनय नगरपालिका प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख नोर्बर्टो फ्रान्सिस्को माटिएन्जोले बाढीले बगाउँदा जीप नदीको बीचमा फसेको बताएका छन् । दुर्घटनामा परी ज्यान गुमाउने सात जना ६० वर्ष नाघेको र एक जना घाइते भएको उनले बताए ।लामो समतल यात्री जीपनीहरू फिलिपिन्समा सार्वजनिक यातायातको सब

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 119 पटक पढिएको
  • कोइला खानी विस्फोट हुँदा ९ जनाको मृत्यु

    एजेन्सी /  इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोट हुदाँ ९ जनाको मृत्यु भएको छ ।विस्फोटमा अन्य दुई जना घाइते भएका तथा उद्धारमा सम्बन्धित निकायलाई परिचालन गरिएको प्रान्तीय प्रचार विभागका सञ्चार अधिकृत अरिफ प्रतमाले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 139 पटक पढिएको
  • वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

    एजेन्सी / चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।बेइजिङले विगत १० वर्ष वा सो भन्दा अघिदेखि वायु प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका अवस्था नाजुक रहेको विवरण नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित गरिएको छ ।तथ्याङ्कका लागि १ सय ३७ देशहरूको वायु प्रदुषणको अवस्था विश्लेषण गरिएको थियो ।चीनमा जैविक इन्धनको प्रयोगबाट सामान्यतः २ दशमलव ५ माइक्रोन भन्दा साना कणहरू वायु मण्डलमा फैलिने गरेको अध्ययन प्रतिवेदनमा देखाइएको छ । ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा सन् २०१५ मा ४० प्रतिशत मृत शिशु जन्मेको पनि तथ्यांकले देखाएको छ ।मृत अवस्थामा शिशुहरू

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 128 पटक पढिएको
  • पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु

    एजेन्सी / उत्तरपश्चिम कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । पहिरोबाट ९ जनाको उद्धार गरिएको छ ।अविरल वर्षापछि बाढी आएको थियो । राजधानी बोगाटाबाट २३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको प्युब्लो रिको र सान्ता सेसिलिअबीचको गाउँमा बस पुरिएको थियो । गृहमन्त्री अल्फोन्सो प्राडाले भने, ‘हामीले तीन शिशुसहित ३३ जनालाई मृत फेला पारेका छौं र हामीले नौ जनालाई जीवितै उद्धार गरेका छौं । उद्दार गरेकामध्ये ४ जनाको अवस्था गम्भीर छ ।’कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्वीटर सन्देशमा घटनाबाट आफू दुःखित भएको बताएका छन् । कोलम्बिया अस्वभाविक रूपमा भारी वर्षाले प्

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 129 पटक पढिएको
  • नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा बढ्दै, सडक सफा गर्न प्रतिबन्ध

    एजेन्सी / नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो ।यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ ।यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो । उक्त विज्ञप्तिमा वायु प्रदुषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सतर्कता अपनाउन आग्रह पनि गरिएको छ ।सो प्र

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 111 पटक पढिएको
  • इरानमा सुरक्षा बलले कारबाहीमा परी चार सय ४८ जनाको मृत्यु

    एजेन्सी / २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर शुरु भएको विरोध प्रदर्शनका क्रममा इरानी सुरक्षा बलले कारबाही गर्दा कम्तीमा चार सय ४८ जना मारिएका छन् । विरोध प्रदर्शनमा सुरक्षाकर्मीसँग भएका झडप तथा प्रदर्शन दबाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरू मारिएका मानव अधिकार समूहलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ । नर्वेको इरान मावन अधिकार समूहका अनुसार हालसम्म मारिएका चार सय ४८ जनामध्ये ६० जना १८ वर्ष मुनिका नाबालिग छन् । अठार वर्ष मुनिका नौ जना केटी पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् ।   समूहको प्रतिवेदनअनुसार गत साता मात्र सुरक्

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 115 पटक पढिएको
  • चीनका पूर्वराष्ट्रपति जेमिनको निधन

    एजेन्सी  / चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । नेता जेमिनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको हो । उनलाई ल्युकेमिया लगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए । जेमिनले सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ सहस्राब्दीमा देशलाई परिवर्तनकारी युगमा डोर्याएका थिए । तियानमेन स्क्वायर दमनपछि जियाङले सत्ता हातमा लिएर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशलाई विश्वव्यापी मञ्चमा एक पावर हाउसको रूपमा उभ्याउन नेतृत्व गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 116 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा