काठमाडौँ / भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ। यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २१ हजार ३८२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । गत २४ घण्टामा यहाँ ४२ हजार ३६३ जना व्यक्त
एजेन्सी / अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच सोमबार फोन वार्ता भएको बताइएको छ । उनीहरु बीच हालैमात्र ट्युनिसियामा भएको राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो ।महासचिव अहमद अबोल गइद र ट्युनिसियाका विदेशमन्त्री ओथमान जेरान्दीबीच ट्युनिसियामा विकसित भएको पछिल्लो राजनीतिक विषयवस्तुका बारेमा कुराकानी भएको बताइएको छ । ट्युनिसियामा गत आइतबार राति त्यहाँको संसद निलम्बन भएको छ भने यहाँका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् ।त्यसपछि ट्युनिसियामा विकसित भएको राजनीतिका विकासक्रमका बारेमा उनीहरु बीच फोनमा कुराकानी भएको सो समाचारमा जनाइएको छ । हाल त्यहाँका कार्यकार
बिर्तामोड(एजेन्सी) अमेरीकाको दक्षिण पश्चिमी राज्य युटानमा एकैसाथ २२ ओटा सवारी साधन दुर्घटनामा परेका छन् । उक्त दुर्घनामा परी आठ जनाको मृत्यु भएको छ ।अमेरिकी सञ्चार माध्यमका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण गत आइतबार उक्त दुर्घटना भएको हो।आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा सवारी साधनहरू दुर्घटनामा परेका हुन्। सुरुमा एक जना चालकले गाडी रोकेपछि तीव्र गतिमा रहेका अरू सवारी साधनहरू पनि एकअर्कासँग ठोक्किए पछि दुर्घटना भएको बताइएको छ । दुर्घटनाबाट मृत्यु हुनेमा बालबालिका पनि छन्। मृत्यु भएका आठ जनामध्ये पाँच जना एउटै कारमा
एजेन्सी / अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । उनले अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन् ।इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराएको बताइएको छ । हाल इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमी अमेरिकाको भ्रमणमा छन् । प्रधानमन्त्री मुस्ताफासँग ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।उहाँहरुबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता
बिर्तामोड(एजेन्सी) भारतको असम र मिजोरमको सीमामा झडप हुँदा छ जना प्रहरीको मृत्यु भएको छ । भारतका दुई उत्तरपूर्वी राज्य असम र मिजोरम सीमाको विषयमा प्रहरीहरू बीच झडप भएको थियो । झडपमा मारिने सबै प्रहरी आसामका भएको आसामका मुख्यमन्त्री हिम्मत विश्व शर्माले ट्वीट मार्फत जानकारी दिएका छन् ।असमको छिमेकी राज्यहरू त्रिपुरा र मिजोरमसँग लामो समयदेखि सीमा विवाद छ। असम र मिजोरमको सीमा विवादमा केन्द्रले हस्तक्षेप गरे पनि विवाद सुल्झिएको छैन। पछिल्लो समय मिजोरमले असमको सीमामा सडक बनाउने र नयाँ प्रहरी क्याम्प राख्ने कार्य गरेको मुख्यमन्त्री विश्व शर्माको आरोप छ।उक्त कार्य रोक्न जाँदाखेरी असमका
काबुल / अफगानिस्तानमा भएका विभिन्नि घटनाहरुमा परी कम्तीमा ८९ तालिवान लडाकू मारिएका छन् । सुरक्षाकर्मीहरुको कारबाहीमा अरु ८२ लडाकु घाइते भएका सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आइतबार बिहानदेखि सोमबार बिहानसम्मको अवधिमा यी घटनाहरु भएको रक्षा मन्त्रालयले जनाएको छ । सुरक्षाकर्मीहरुले देशको कुनार, कान्दाहार, हेरात, फराह, फर्याब, सामान्गन, हेल्मान्ड, निम्रोज, ताखार, कुन्दुज र कापिसा प्रान्तमा सुरक्षा कारबाही गरेका थिए । अफगानिस्तानकै घाज्नी प्रान्तअन्तर्गत पर्ने मलिस्तानमा भएको हिंसात्मक घटनामा भने कम्तीमा ४३ आमनागरिक र सुरक्षाकर्मीहरुको मृत्यु भएको छ । लडाकूहरुको आक्रमणमा परी
सिड्नी / लुगाले कोरोना संक्रमण रोक्ने दाबी गर्दै आएको एउटा कम्पनीलाई ५० लाख अस्ट्रेलियाली डलर जरिवाना गरिएको छ । लोर्ना जेन नामक उक्त कम्पनीले अस्ट्रेलियामा व्यायाम तथा खेलकुदमा प्रयोग हुने लुगाहरु बनाउने गर्दछ । लुगाले कोरोनाभाइरस नाश गरेको तथा कोभिड –१९ को विस्तारलाई रोकिदिएको दाबी गरेका कारण उक्त कम्पनीले जरिवाना तिर्नु परेको हो ।एक्टिभवेअर फर्म लोर्ना जेनुले सबै रोगकारक कीटाणुको विस्तार रोक्न आफ्नो लुगामा एलजे शील्ड नामक अभूतपूर्व प्रविधि प्रयोग गरिएको भन्दै विज्ञापन गरेको थियो। तथ्यहीन दाबी गर्ने उक्त कम्पनीलाई संघीय अदालतको आदेशानुसार ५० लाख अस्ट्रेलियाली डलर जरिवाना तिराइएको
बिर्तामोड(सिन्ह्वा) इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिएका छन् । इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिए । राजदूतमा नियुक्त भएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गरेका थिए । उनी राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित छन् । “हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुने
ट्युनिस(सिन्ह्वा) ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् भने संसद् पनि निलम्बन गरेको बताइएको छ । राष्ट्रपति काइस सेइदले आइतबार प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले संसद पनि निलम्बन गरेको बताइएको छ ।आइतबार राति सेइदले प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए । राष्ट्रपति सेइदले आइतबार राति चालेको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिएका छन् ।त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उनी आफैले गरेको बताइएको छ । उनले अकस्मात गरेको सो घोषणामा अर्को प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेत
एजेन्सी / भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ । भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । महराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ । पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने प
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.