बिर्तामोड / झापाको कनकाई नगरपालिका ४ स्थित पुर्व–पश्चिम लोकमार्गमा चलिरहेको ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने जना घाईते भएका छन् ।
बुधबार दिउँसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र१–०१–०१३ प १७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा भएको दुर्घटनमा परि २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते भएका कारमा सवार सुनसरीको धरान–१६ का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलुखुम्बुको पासाङ–१ का ३० बर्षीय दिलिप राना मगरको उपचारका क्रममा झापाको बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनमा परि कारमा सवार ३० बर्षीया अन्जु मगर, ३० बर्षीय सुरेश मगर र मोटरसाईकलमा सवार झापा शिवसतासी– २ का ३९ बर्षीय ज्ञान बहादुर कसाई र ३० बर्षीया सोनम श्रेष्ठ घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते बनेकाको विएण्डसी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।






































