खोटाङ / खोटाङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –३ बाम्राङ बस्ने ४२ बर्षीया उर्मिला थापा रहेकी छिन्।
आईतबार बेलुका घर नजिकै बारीमा दुधिलोको घाँस झार्ने क्रममा रूखबाट लडी घाईते भएकी थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।






































