मोरङ / मोरङ र सुनसरीबाट शनिबार दिउसो लागूऔषध सहित २ जना पक्राउ गरिएको छ । 

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १० दक्षिणगेटबाट बेलबारी –३ का ३३ बर्षीय बिक्रम गुरुङलाई नियन्त्रित औषधी एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल सहित पक्राउ गरेको हो । 

त्यसैगरी ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान –१५ ज्ञानचर्चमार्ग स्थितबाट खोटाङ दिप्रुङ –४ घर भई हाल धरान १५ मा डेरा गरी बस्ने २१ बर्षीय मिलन राईलाई ब्राउन सुगर ९०० मिलिग्राम सहित पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रदेश एक प्रहरी कार्यलय बिराटनगरले बताएको छ ।