विर्तामोड / झापाको विर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौला चारआलीको जंगलमा मृत फेला परेका छन्।

निरौला मोटरसाइकल सहित २ दिनअघि बेपत्ता भएका थिए। मे ९ प २२०९ नम्बरको साइन मोटरसाइकलसहित निरौला बेपत्ता भएपछि परिवारले सामाजिक सञ्जालमार्फत उनी हराएको सूचना सार्वजनिक गरेका थिए ।

विर्तामोड–५ बस्ने निरौलाको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए।

निरौलाको शव जंगलभित्र रहेको र हत्या भए र नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

डिएसपी थापाका अनुसार प्रहरीले थप अनुसान्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको टोली मागिएको छ।

उनको हत्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।