काठमाडौं / अमेरिकी सरकारको स्वामित्वमा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० की उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स चार दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् ।
एमसीसीकी उपाध्यक्षसहितको टोली बिहीबार बिहान ९ बजेर २५ मिनेट जाँदा कतार एयरवेजबाट काठमाडौं आएको हो । गृह मन्त्रालयले उपाध्यक्ष सुमारको भ्रमणलाई लक्षित गर्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र विपक्षि दलका नेता केपी शर्मा ओली लगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।
चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच द्विपक्षीय सम्झौता भएपनि कार्यान्वयनमा समस्या देखिएपछि सुमार सहितको भ्रमण तय भएको हो ।





































