इटहरी / इटहरीका समाजसेवी दिनेश भट्टराईले धर्मपत्नी कमला भट्टराईको स्मृतिमा भट्टराई कुल वंश प्रतिष्ठानको अक्षयकोषलाई ४ लाख ११ हजार ५ सय ५५ रुपैयाँ रकम प्रदान गरेका छन् । 

धर्मपत्नी कमला भट्टराईको वार्षिक पुण्य तिथिको अवसरमा भट्टराई कुल वंश प्रतिष्ठान सुनसरीले आयोजना गरेको श्रद्धाञ्जली तथा अक्षयकोषमा रकम हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । समाजसेवी दिनेश भट्टराई, भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष हुन् ।

कार्यक्रममा प्रेमप्रसाद भट्टराईले १ लाख ५१ हजार रुपैयाँ, दयाराम भट्टराईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, सोमनाथ भट्टराईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रतिष्ठानको सुनसरी जिल्ला शाखाको तर्फबाट १ लाख रुपैयाँ, चुडामणि भट्टराईले १ लाख रुपैयाँ, र हरि भट्टराईले ५५ हजार ५ सय ५५ रुपैयाँ रकम अक्षय कोषका लागि उपलब्ध गराएका भट्टराई कुलवंश प्रतिष्ठान सुनसरीका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले जानकारी दिए ।

दुई करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको प्रतिष्ठानका अध्यक्ष शेर बहादुर भट्टराईले जानकारी दिए । हाल सम्म कोषमा ३५ लाख रुपैयाँ रकम जम्मा भइसकेको छ ।

bhat