काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पुर्याउने  नेपालको लक्ष्य रहेको बताएका छन्

कोप–२६ मा सहभागी विश्व नेताहरुको शिखर बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सन् २०३० भित्र कूल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने प्रतिवद्धता जनाएका छन् ।  उनले देशको ४५ प्रतिशत भूखण्ड वन क्षेत्रले ढाक्ने पनि बताएका छन् ।

नेपाल पेरिस सम्झौता कार्यान्वयनप्रति पूर्णतः प्रतिबद्ध रहेको देउवाले बताए । उनले विकसित मुलुकहरूले अनुकूलन र उत्थानशील कार्यक्रमका लागि चाहिने सहयोग सहज तरिकाले उपलब्ध गराउनुपर्ने पनि बताएका छन् ।