हेटौंडा / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले प्रधानन्यायाधीशसँग सेटिङ गर्दा सर्वोच्च अदालत ध्वस्त भइरहेको बताएका छन् । 

मंगलबार कांग्रेस मकवानपुरले आयोजना गरेको दीपावली तथा छठको शुभकामना आदानप्रदानमा बोल्दै पौडेलले सो कुरा बताएका हुन् । 

देशको अन्य संवैधानिक निकायहरू ध्वस्त भएपनि अहिले जनतालाई न्याय दिन सर्वोच्च अदालत नै ध्वस्त भएको पौडेलले बताएका छन् । 

पौडेलले भने, –‘संविधानको आत्मामाथि प्रहार गरेको त साक्षी बसिदे भनेर प्रधान्यायाधीशसँग प्रधानमन्त्रीले सेटिङ गरेका हुन् ।  सेटीङको समस्याले आज सर्वोच्च अदालतको यो अवस्था आयो ।’ 

नैतिकताको अधिकार नै गुमाएर नेतृत्व गरेको भन्दै पौडेलले देउवालाई व्यङ्ग्यसमेत गरेका छन् ।