काठमाडौं / सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ ।
आज सोमबार बेलुका ५ बजे सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिए ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने उनले बताए । आज बिहान बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता भएको उनले बताए ।
भेटवार्तामा समसामयिक वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल भएको उनले जानकारी दिए ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्तापछि सत्ता गठबन्धन दलको बैठक बस्न लागेको सापकोटाले जानकारी दिए ।