काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मङ्गलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन् । 

बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश जबराले आजबाट भने सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका हुन् ।  

बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका जबराले मंगलबार त्यो सहमति तोडेका छन् । 

सबै मुद्दामा इजलास गठन गरेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् । 

आफ्नो इजलासमा सातवटा विवाद सुनुवाइका लागि तय गरेका जबराले १० वटा इजलास गठन गर्दै २९८ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् ।