काठमाडौं / नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्न लागेको हो ।
समाजवादीले यो बैठकमा कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरू अनुमोदन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरूको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने योजना छ ।