काठमाडौँ /  प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायीहरूको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन दिएको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिए । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनका कानुन व्यवसायीहरूले केही दिन देखि लगातार आन्दोलन गर्दे आएका छन् । 

शान्तिपूर्ण आन्दोलन गर्न र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नहुने सरकारबाट प्रतिबद्धता आएको उपमहासचिव पौडलले बताए । 

आन्दोलनलाई सम्बोधन गर्ने क्रममा महासचिव पौडेलले प्रधानन्यायाधीश जबरालाई चुनाव लडेर प्रधानमन्त्री र राष्ट्रपति बन्न चुनौती दिए ।