इटहरी / २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी माधव नेपाल समूहमा जाने भएका छन् । 

दुई समूहमा विभाजित नेकपा एमाले सुनसरीको नेतृत्वमा हेरफेरलाई लिएर असन्तुष्टि जनाएका मेयर चौधरी माधव समूहमा जाने भएका हुन् । 

समाजवादीको कार्यक्रममा भाग लिन इटहरी पुगेका अध्यक्ष नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई चौधरीले शुक्रबार घरमै बोलाएर खान समेत खुवाएका छन् । 

दुई दिनअघि मात्रै चौधरीले एमाले जिल्ला कमिटी सुनसरीको बैठकमा आफूले ठाउँ नपाएको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए । 

एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी चौधरीले शुक्रबार माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै बोलाएर मेजमानी गरेका हुन्।