सर्लाही / सर्लाहीमा शनिबारका लागि तय भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ ।

केन्द्रीय निर्वाचन समितिले खटाएको निर्वाचन अधिकृत विनोद कार्कीले राजिनामा दिएपछि जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो । 

जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजिनामा दिएको स्रोतले जनाएको छ ।

जिल्ला सभापति नागेन्द्र कुमार राय पार्टीका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । 

आगामी निर्वाचनमा उनीहरु नै जिल्ला सभापतिको दाबेदार हुन भने पालिका तथा वडा स्तरमा पनि उनीहरु दुई समूहबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

सर्लाहीमा कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणदेखि नै दुई समूहबीच चर्को विवाद देखिँदै आएको छ । अधिवेशनको सङ्घारमा आएर दुई पक्षबीचको विवाद झनै बढेको हो ।