झापा / नेकपा एमालेले दशौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।
ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।
एमालेले मंसिर १०–१२ गते हुने महाधिवेशनका लागि ‘एक सिंगे गैँडाले पार्टीको झण्डा बोकेको’ लोगो तयार पारेको छ ।
चितवनलाई पर्यटकीय दृष्टिले चिनाउन साथै जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने सन्देश दिन यस्तो लोगो तयार पारिएको महाअधिवेसन प्रचार समिति संयोजक योगेश भट्टराईले जानकारी दिए ।
एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिद्वारा लोगो सार्वजनिक कार्यक्रममार्फत पार्टी सदस्यबाट १०० रुपैयाँ उठाउन समेत सुरु गरिएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले १००० रुपैयाँ हालेर शुल्क उठाउन सुरु गरेका छन् ।