काठमान्डौ //  नेकपा माओवादी केन्द्र को मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष प्रचण्डको सचिवालय हेरफेर गरेको छ।

जसमा लामो समयदेखि प्रचण्डको सचिवालयमा रहेका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले लुम्बिनी प्रदेशको सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

त्यस्तै हाललाई प्रमुख स्वकीय सचिव नराखी स्वकीय सचिवका रुपमा पूर्व विद्यार्थी नेता रमेश मल्ललाई जिम्मेवारी दिइएको छ। 

यसअघि दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा मल्लले सचिवालयमा बसेर काम गरेका थिए।

अहिले प्रचण्डको सचिवालयमा उनकी छोरी गंगा दाहालले सम्हाल्दै आएको बताइएको छ।

त्यसैगरी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटालाई पार्टी निकट पत्रकारहरूको संगठनको जिम्मेवारी दिने भएको छ।

बैठकले प्रेस संगठन नेपालको जिम्मेवारी दिने निर्णय गरिसकेको बताइएको छ। 

मंसिरको १७ र १८ गते संगठनको राष्ट्रिय सम्मेलन हुँदैछ।