काठमाडौँ / नेपाल बार एसोसिएसनको अगुवाइमा आज (आइतबार) पनि वकिलहरूले प्रदर्शन गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेका कानून व्यवसायीहरूले आज सर्वोच्च अदालतमा प्रदर्शन गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित कानून व्यवसायीहरूले धर्ना दिन सर्वोच्च पुगेका छन् ।
गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए ।
उनीहरूलाई सुरक्षाकर्मीले भित्र प्रवेश गर्न दिएको थिएन तर आज भने उनीहरू सुरक्षाकर्मीको घेरा तोडेर सर्वोच्च परिसरमै पुगको छन ।
शुक्रबार गेटमा कानून व्यवसायीहरूले धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए । आज वैकल्पिक गेटमा पनि धर्ना दिने कानून व्यवसायीहरूले बताएका छन् ।
मन्त्रिपरिषद् सदस्यको भागबन्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।