काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० वटा इजलास गठन गरेका छन् ।
कानुन व्यवसायहरुको विरोधबीच प्रधानन्याधीश जबराले आइतबारका लागि १० वटा इजलास गठन गरेका हुन् ।
नेपाल बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मूल गेटमा धर्ना दिएपछि जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् ।
उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् । नेपाल बारले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै बहस बहिष्कार गर्ने निर्णय गरेको छ ।
कानुन व्यावसायहरुले प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै गत कात्तिक १४ गते देखि विरोध प्रदर्शन गर्दै आएका छन् ।