काठमाडौँ / एक्कासि रक्तचाप उच्च भएपछि अस्पताल भर्ना भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज डिस्चार्ज गरिने भएको छ । 

उनलाई शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । हालैमात्र डोल्पा लगायत विभिन्न जिल्लाको भ्रमण गरेका दाहाललाई काठमाडौँ फर्केपछि स्वास्थ्यमा समस्या देखिएको थियो ।

दाहालको सचिवालयले अस्पतालमा केही घण्टाको आरामपछि उनलाई आज डिस्चार्ज गरिने बताएको छ ।