पोखरा / गण्डकी प्रदेशका १२ जना नेताहरूले सामूहिक रुपमा विवेकशील साझा पार्टी परित्याग गरेका छन् ।
विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले तानाशाही बनेर एकलौटी रुपमा पार्टी चलाएको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन् ।
पार्टी छाड्नेमा केन्द्रीय सदस्य दीपक पौडेल, युवा सङ्गठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, पार्टीका गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम न्यौपाने र तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्य सागर घिमिरे रहेका छन् ।
त्यस्तै युवा संगठन केन्द्रीय सदस्य मनिषा मगर, ब्यास नगर संयोजक सलमान अलि, युवा सङ्गठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भिमनारायण कोइराला, तनहुँको म्याग्दी गाउँपालिका संयोजक विश्वराज अछामे र विप्लता ढुङ्गानाले पार्टी छाडेका हुन्।
उनीहरूले आइतबार प्रेस विज्ञप्ति जारी गरेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन्।
अध्यक्ष मिश्रले संघीयता खारेजी, धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव ल्याएपछि उनीहरु असन्तुष्ट बनेका थिए।
पार्टी भित्रको असन्तुष्टि मिलाउन हदैसम्मको प्रयास गरे पनि अध्यक्ष मिश्र नमानेको विवेकशील साझाका युवा नेता अशोक खड्काले बताए।