काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै आज (मंगलबार) पनि नेपाल बार एसोसिएसनले प्रदर्शन जारी राखेको छ ।
जबराको राजिनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेका कानुन व्यावसायीहरू सर्वोच्चको मुख्य भवनमुनि बसेर प्रदर्शन गरिरहेका छन् । सर्वोच्चका न्यायाधीशहरू नै विभाजित भइरहेका बेला कानुन व्यावसायीहरूले भने आन्दोलन कुनै हालतमा राजीनामा नहुँदासम्म नछोड्ने बताएका छन् ।
सर्वोच्चमा चोलेन्द्रशमशेर राजीनामा देउ, भ्रष्टाचारका नाइके राजीनामा देउ, विचौलियाका नाइके राजीनामा देउ भन्ने नारा लागिरहेका छन् ।