विराटनगर / प्रदेश १ मा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन पाएनन् । प्रदेश १ को प्रदेशसभामा एमालेका सांसद नआएपछि उनले विश्वासको मत लिन नपाएका हुन्।
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दलाई कारण देखाउँदै एमाले सांसद अनुपस्थित भएपछि प्रदेश सभाको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको छ।






































