काठमाडौँ / प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूले बुधबार पनि विरोध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतकै परिसर भित्र पुगेर कानून व्यवसायीहरू धर्ना बसेका हुन् ।
कानुन व्यवसायीहरूको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ ।
संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै जबराकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन् ।
कार्यपालिकासँग मिलेर राजनीति भागबन्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा मागिएको छ ।