बिर्तामोड / नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा कोइराला परिवारले साझा उमेद्धारका रुपमा डा. शेखर कोइरालालाई अघि बढाउने भएको छ ।
कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला, मातृका प्रसाद कोइराला र गिरिजा प्रसाद कोइराला परिवारका सदस्य भित्रै पार्टीको भावी नेतृत्वका लागि मतभेद चुलिएका बेला नेता शेखर कोइरालालाई संस्थापन इतर पक्षबाट सभापतिको उमेद्धार बनाउने तयारी भएको सार्वजनिक भएको हो ।
कांग्रेसको स्थापना देखि पार्टी भित्र बलियो पकड कायम राखेको कोइराला परिवारबाटै सभापतिमा तिन जना आकांक्षी देखिएका बेला डा. शेखर कोइरालालाई अघि बढाउने तयारी भएको सोही परिवारका सदस्य समेत रहेका सभापति पदका आकांक्षि शशांक कोइरालाले शेखरलाई साझा उमेद्धार बनाउने तयारी भएको बताएका हुन् ।
सभापतिका लागि शेखरले आफूलाई कन्भिन्स गर्ने र अन्यलाई पनि कन्भिन्स गर्नुपर्ने शशांकले बताएका छन् । सर्लाहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यसपटकको महाधिवेशनमा आफूले शेखरलाई समर्थन गर्ने पनि बताएका छन् ।
सभापतिका आकांक्षी रामचन्द्र पौडेल एकपटक सभापतिमा लडिसकेको र अर्का आकांक्षी प्रकाशमान सिंहलाई काठमाडौंबाहिर नचिनिने भएकाले पनि शेखर उपयुक्त पात्र हुन सक्ने उनको भनाई छ ।
सभापतिका लागि संस्थापन इतर पक्षबाट उमेद्धार बन्ने घोषणा गरेका रामचन्द्र पौडेल , कृष्ण सिटौला , विमलेन्द्र निधि , डा. रामशरण महत र प्रकाशमान सिंहले पनि शेखरलाई सहयोग गर्नु पर्ने बताउँदै उनले अन्यलाई कन्भिन्स गर्ने जिम्मा अब शेखरको भएको पनि बताएका छन् ।