काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताएका छन् । 

कैलालीको धनगढी उपमहानगरपालिका –३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको शुभारम्भ गर्दै नेपालले सर्वोच्चको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्नुपर्ने बताएका हुन् । 

उनले भने, “बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भइसकेकाले अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्दछ ।”

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनको सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको र नेकपा (एमाले)बाट विद्रोह गरेर बनेको आफ्नो पार्टीप्रति देशभर जनलहर बढ्दै गएको समेत बताएका छन् ।