झापा / सर्वोच्च अदालतको ‘फुलकोर्ट’ बैठक सकिएको छ । बैठकले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ ।
फुलकोर्टले पारित गरेको नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका आज (बिहीबार) नै कानुन मन्त्रालय पठाइने भएको छ ।
सर्वोच्च अदालत प्रशासनका अनुसार बिहीबारको फुलकोर्टले नियमावली संशोधन गर्दै आजै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा पठाउने निर्णय भएको हो ।