बाजुरा / बाजुराबाट नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् ।

मंसिर १० देखि १२ गते हुने महाधिवेशनका लागि बाजुराबाट खुला, महिला, दलित कोटाबाट प्रतिनिधि छनोट भएका हुन् । 

खुलातर्फ रंगमान शाही, अजबहादुर मल्ल, सहदेव बोगटी, कालीबहादुर शाही,भरतबहादुर बुढा, जनककुमार बोहरा,अमरबहादुर खड्का,हरिबहादु रोकाया, मनलाल खत्री, बलदेव रेग्मी र भरत थापा छानिएका छन् ।

महिलातर्फ  बसुन्धरा रोकाया, मनदेवी ओली, ऐना गिरी, मायादेवी कुँवर, रेखा कडारा र राजकला सार्की चयन भएका छन् ।

दलित कोटामा  विनोद नेपाली (बाजुरेली), काशीबहादुर विक, विक्रम सुनार र मोहन नेपाली महाधिवेशन प्रतिनिधि बनेका छन् ।