तेह्रथुम / नेपाली कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभाको प्रथम क्षेत्रीय अधिवेशन सुरु भएको छ । 

तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा (क) को लालिगुरासँ नगरपालिका नगरपालिका बसन्तपुरमा र प्रदेश सभा (ख) को फेदाप गाउँपालिका पोक्लाबाङमा एकैपटक सुरु भएको हो । 

च्याब्रुङ, नौमती बाजाको साथमा बजार परिक्रमामा गर्दै अधिवेशन सुरु भएको प्रदेश सभा (क) का सभापति बिपिन निङ्लेकुले जानकारी दिए । 

प्रदेश (क) मा जिल्ला सभापति गोविन्द ढुंगाना र प्रदेश (ख) मा केन्द्रीय सदस्य सीता गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन सुरु भएका छन् ।

प्रदेशसभा (क) मा नारायण सुब्बा र कमल बानियाँले उम्मेदवारी दिएका छन् । प्रदेशसभा (ख०) मा भुवानसिंह चोङबाङ र चन्द्र मादेम्बा चुनाव लड्दैछन् । 

प्रदेशसभा (क) अन्तर्गत म्याङलुङ नगरपालिकाबाट एक सय ७६, लालिगुराँस नगरपालिकाबाट एक सय ५१ र छथर गाउँपालिकाबाट ९७ गरी चार सय २४ जना क्षेत्रीय प्रतिनिधि छन् । 

प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट एक सय १८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट एक सय ६ गरी तीन सय नौजना क्षेत्रीय प्रतिनिधि छन् ।

प्रदेशसभा र जिल्ला अधिवेशनमा सात सय ३३ क्षेत्रीय प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधिले निर्वाचन प्रदेश (क)(ख) मा नेतृत्वमा चयन गर्दै जिल्ला कार्यसमिति चयन गर्ने निर्वाचन अधिकृत लक्ष्मण रन्जितले बताए ।

प्रदेश सभा निर्वाचन क्षेत्रअन्तर्गत तेह्रथुमको (क)(ख) बाट सभापति एक, उपसभापति दुई, सचिव दुई, खुला महिला तीन,खुला पुरुष सात सदस्य छन् ।

समानुपातिकतर्फबाट खस महिला एक, जनजाति महिला एक, खस आर्य खुला आदिवासी खुला दुई, दलित एक, मधेसी, अल्पसंख्यक तथा मुस्लिमबाट एक अपांगता एक गरी २५ सदस्य कार्यसमिति नयाँ हुने भएको छ ।