बिर्तामोड / नेकपा एकीकृत समाजवादी निकट युवा संघका केन्द्रिय अध्यक्ष नरेश शाहीले अबको चुनाबमा केपी ओलीको राजनीतिक मृत्यु हुने बताएका छन् । 

झापाको बिर्तामोडमा पार्टी निकट युवा संघको जिल्ला भेलालाई सम्बोधन गर्दै शाहीले सो कुरा बताएका हुन् । 

अब ओली र उनको पार्टीलाई बडार्ने बेला आएको बताउँदै कार्यकर्तालाई उनले भने, ‘आजदेखि त्यो कुचो तपाईँहरूको हातमा छ । आजै देखि काम थाल्नुहोस् ।’

भेलामा पार्टीका केन्द्रिय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मी, पार्टी जिल्ला सदस्य धर्म शिवाकोटी, संघका प्रदेश अध्यक्ष प्रत्युस राना, झापा इन्चार्ज खगेन्द्र बाराकोटी, बिमला देबकोटा र स्थायी कमिटी सदस्य नवीन इजम लगायतको उपस्थिति रहेको थियो ।  

भेलाले सुनिल थापाको अध्यक्षतामा १५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।