महोत्तरी / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश –२ सरकारमा सहभागि हुने भएको छ ।
समाजवादीले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।
वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि उनले बताए ।
समाजवादीबाट सिफारिस भएका मन्त्रीहरूले भोलि सपथ ग्रहण कार्यक्रम रहेको समाजवादीका एक नेताले जानकारी दिए ।