भैरहवा / भैरहवामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा दुई पक्षबीच झडप भएको छ । झडपमा परी पाँच जना कार्यकर्ता घाइते भएका छन् ।
प्रदेश नम्बर ३ (क) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिकामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच एक आपसमा आक्रमण भएको हो।
देउवा र पौडेल पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा आक्रमण भएको थियो। मतपरिणामको क्रममा पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि मुखमा मास्क लगाएर गएका युवाको समूहले अचानक आक्रमण गरेको थियो।
श्रेष्ठले उक्त समूहको आक्रमणबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाईते भएका छन् । पन्तको नाकमा गम्भीर चोट लागेको र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जानकारी दिए।
आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ। मतगणनामा हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँण समर्थकले आक्रमण गरेको श्रेष्ठले आरोप लगाए।