झापा / नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश  ‘क’ को सभापति पदमा हरि बुढाथोकी र  ‘ख’ को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । 

झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ ।

नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार क्षेत्र नं २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’ को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन् ।

क्षेत्र नं ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित भएका हुन् । 

क्षेत्र नं ४ को प्रदेश ‘क’ र ‘ख’ को चुनावी नतिजाअनुसार सभापतिमा पदमा क्रमशः विनोद ढकाल र ख्याम सिटौला निर्वाचित भएका हुन् ।

त्यसैगरी, क्षेत्र नं ५ को प्रदेश ‘क’ को सभापतिमा जीवनकुमार राई र प्रदेश ‘ख’को सभापतिमा रवि न्यौपाने विजयी भएका छन् ।