काठमाडौं / नेपाल बार एसोसियसन लगायत कानुन व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
प्रधानन्यायाधीश जबरालाई पछिल्लो समय राजनीति क्षेत्रमा भागबन्डा खोजेको देखि लिएर जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लाग्दै आएको छ ।
त्यही विषयलाई लिएर हमालले न्याय क्षेत्रको बदनाम गरेको भन्दै कानुन व्यवसायीहरूले गत कात्तिक १४ गते देखि जबराको राजीनामा माग गर्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् ।
विरोध प्रदर्शन गर्दै आएका कानुन व्यवसायीद्वारा देशव्यापी रुपमा यस मुद्दामा सहभागी हुन कानुन व्यवसायीमा आव्हान समेत गरिएको छ ।
सर्वोच्चको मूल गेट अगाडि निरन्तर धर्ना तथा प्रदर्शन हुँदै आएपछि प्रधानन्यायाधीश जबरा वैकल्पिक द्वारबाट सर्वोच्च प्रवेश गर्दै आएका छन् ।